क्रान्ति पुत्र जन्मिएको छ - आशा पलाएको छ
हजुरबाले समयमै सुनेको भए
बोल्सेभिक क्रान्तिमा सामेल मेरा हजुरबा
एउटा सिंगो इतिहास बोकेर जमेका हुन्
बिलाएको कयौ समयपछि जमीन आइपुगेका रे
म त श्रोता हो ।
बाले कहानी बनाउनु भएको थियो - या साचो बोल्नु भो
हजुरबाको मुहारमा करोडौको हासो थियो रे
मेरा प्रश्नले बा झस्कनु भो !
करोडौ ?
संख्या त जति भने पनि एकै हो
मुल्य त सबैले बोकेको हुन्छ
सम्पति ?
बा क़ा आखाको गहिरो कुण्डमा आगो निस्केथ्यो
वितृष्णाको
एक छाक टार्न बारीको कान्ला कान्ला चाहर्ने
हरित क्रान्ति बीर !
संसार सबै हाम्रै – जित्नमात्र बाँकी
जितका लागि कयैं पुस्ताको बाजी
थाप्नु पर्ने
खाका नभएको
जग नभएको
भित्ता नभएको
हावाले उडाएर लैजाने छानो बनाउने मेरा बा
आगो ओकलीरहेका छन्
म अलिकति सिमाना बनाउछु
मेरो उडान पनि भर्नु छ !
बाको जन्मले अनेकौ सम्भावना बोकेथ्यो
हजुरबाले एक दशक पछि पत्ता लाउनु भा को
प्रयोगशालामा परिक्षित
बिचारमा क्रान्ति
क्रान्तिले जन्माएको
हजुरआमालाई क्रान्तिको भारी बोकाएर
बिलाएक़ा हजुरबा
स्पातसंग लेप लाउन गाथे रे
दशक पछि बाको अगमनके धुलौटो कोरेर
तिथिले - संसार पल्टाएको साइत जुरेछ
हजुरबाको खुसि तेतिखेरै नापिएको हो
बाले मूल्य सम्पतिमा साटे
मैले पहिलो पटक बाण चलाएँ ।
हजुरबाके कार्यशालामा
भुरामा प्राण हालेछन
पड्किन सिकाएको त कडकिएछन
सबै आफ्नै बाँसुरीमा नाचेपछि
हजुरबा बिरक्त्तिए - सान्त्वनामा बा थपिए
म बैद्य बन्छु
हो मेरा बा बैद्य हुन्
अनेकौ बुटीको ज्ञान पाए
प्रकार प्रकारका बिमारी चिने
हजुरबाको करामत
बा त क्रान्तिका ज्वारभाटा बने
मलार्इ दिनानुदिन पोलिरहेका छन ।
झारफुक – मुर्दाबाद
बाले स्वीकार गरे
बुटीके ज्ञान
व्यवहारमा अर्कैके प्रयेग
अरूले परिक्षण
सहि निस्किए – बाको ओखती
गलत– बा भन्दा बाहिरी दुनियाँ
बिलायो
भने जसरी प्रयोग भएन
सूर्यको बढि प्रभाव परयो
झरीमा भिज्यो
आफ्नै सुरमा गायो
के के के के
मैले कान दिन्छु ।
बाको भट्टीमा म परेन
म पनि खारिन पर्ने हो
क्रान्ति पुत्रको
म खारिएन
मैले बिरासत नबदलेर
बिज्ञापन भैदिएँ
– क्रान्ति पुत्र
आफ्नै वंशको छापा
बाको सुगन्ध भिरेर
हजुरबाको मुस्कानको पिडा
बोकेकै छु
बाको आँखामा ।
मैले कनिकाको कण
छुट्याउनु पर्ने
तितेपाति र कुरिलो
केलाउनु पर्ने
लौंठसल्ला, धुपी,
जामुनहरूके बिज
छाला काढेर राखिएका
सुकुटीहरू
आन्द्राभुडी निकालिएका
मेरा बन्धूहरू
सयैं ठाउँमा सिंचन नभएको
अमाको शरिर
कान्छाको शरिरमा वृद्धिदर
हेर्न –
सजाइएको ज्यूँदो – कंकाल
बाको बिरासत
हजुरबाको जग
क्रान्तिको मेलो
अशक्तमा बाले
तन्दुरूस्तीको बुटी
उफ !
कयौंपल्ट बाँजके खोटो
बोकियो
हँसिया र कोदालो उधाइयो
गोरूको पुच्छर निमोठियो
बाको बैद्यगिरी
आमाले बिसाएको पिडाको
स्वाद–
औषधिको प्रचारमा बाले तुल
ल्याए
हामीले झण्डा सिलायौं
भाइबहिनीलार्इ भोटो बनाएर
ओखती बोकिरहयौं ।
क्रमश ......