Thursday, February 23, 2017

एक- एकबाट उठाउनु छ

सयाैं एक- एक बनाउनुछ एकबाट
हाँसेरै दिनरात रमाउनुछ एकबाट ।।

तिमी हुलमा खाेज्छाै अस्तित्व पनि
मलार्इ बेग्लै अस्तित्व समाउनुछ एकबाट ।।

झुपडिबाट महलतिर लाम लगाउदै छाै
महलबाटै महलमा मशाल जलाउनुछ एकबाट ।।

हाँक दिएर, सन्तुलन, नव उदय त्यहि
चिरेर केश्राका पन्नाहरू पल्टाउनुछ एकबाट ।।

दियाे बाल्न सिकाउनु पर्नेमा, अाफै बालिदिन्छाै
हरेकलार्इ अावाज दिएर उठाउनुछ एकबाट ।।

राखेर चिहानमा जस्तै नासिएकाहरू सबै
खाेजेर स्थुलता जगाउनुछ एकबाट ।।

Birthday and Cake

  Sunil and Sadhana are still young. At home, even in their butterfly games, cakes play a role. They study in a private school. Along with t...