-
प्रिय
पिपल!
उष्णमा भरेर शीतल
उम्रेका
अनेकौं कहानीहरु
तिमी पनि साक्षी हौ-
कि
प्रश्न थुन्ने कारखाना !
वा
वाचित ऋचामा उभिन्छौ ?
हजुरबाको ठेकान
बाहरूको
रौनक-
दाइहरुको कथा
भाइहरुको चुटकिला
तिमी मौन छौ !
बिलाएर सम्पूर्ण कथा
बिलाए
झैं भ्रुणहरु
पुत्र
दर्शनमा !
अदम्य
शाहस आएन होला!
प्रेतात्मा
मानवमा पदापर्ण हुँदा
के तिम्रो लहरा रक्षक भएर उभियो
राँके
जुलुसका राक्षसहरुसँग !
किचकन्नीका
बथानहरुको
हाँसोमा
रुमल्लियौ कि -
युवाको
यौवनसँग
यौनका
कहानीसँग!
तिमीले
मृत्यु पनि भोग्यौ
जस्तो
भन्छन - मृत्यु नियालेँ
नजिकैबाट
!
तिम्रो
आँगनमा आउने मुर्दाहरु
चेतनाहीन
छाया
कसले
सिकाए मृत्युको मर्म
जीउँदाहरूले कि मुर्दाहरूले ?
बालक्रीडा पनि भोग्यौ
स्वयम्मा
जीवन उमार्यौ
वयस्कहरू पनि फनफनी घुमे वरिपरि
जो
बालकै थिए !
अस्ताए - डाँडाको बेलसरी
झुल्किए तिम्रै आँगनमा
के
तिमी संवेदनाले काम गर्छौ ?
जरामा
धूपबत्ती बले
हाँगामा जीसस झुण्डिन आए
लाटोकोसेरोले ध्यान गरे
चिबेले काग लखेटे
चिलले
परेवा चिरे
तप ! तप ! तप ! तप !
तिम्रो
आँगनमा रगत तप्कियो
भन - तिमी दुःखमा छट्पटायौ ?
अँ -
तिमी त साक्षी पनि बस्यौ
यो
परिवेशको !
त्यो
समयको !
बदलिदो
युगको !
तिम्रो
आयुको !
हाम्रो
सत्कर्म - कुकर्मको !
भन
कसरी हेर्छौ यो समय-
समय
त्रस्त भएको मौसम
ति चिसा रातहरू !
तिम्रै
आँगन भएर गए होलान बामनी बज्यै -
खोज्दै
हिडेका बाजेहरु !
मुण्डन गरिएका नातिहरु !
छाप्री
समातेका पनातिहरु !
सगौरव
हिडने सन्ततिहरु !
फर्फराए
होलान्
प्रथाका
ध्वजापताकाहरु !
पिडाका
पर्वतहरू
अपमानका
भिरहरू
आरोपका
बृक्षहरू
के
मात्र देखेनौ –
सर्वाङ्ग
नाङ्गाहरु !
हर
ठाउमा ठडिने बाङ्गाहरु
गङ्गाहरू-
देवव्रतहरू !
भोक – शोक - परलोक
कतिसम्म
लुकाउछौ ?
बामनी
बज्यैको बाटो यहि छ
पुण्य
वा श्रापित माटो यहि छ
दुःख
छ पिडाको पाटो यहि छ
यहि बाटो हिडने बज्यैहरूको चित्कार -
रगतको टाटो पनि यहि छ -
तिम्रै
माथिबाट उठ्योहोला
दुर्गन्धको
धुवाँ
तिम्रो
जरासम्मै पुग्यो होला अश्रु रस
तिमी
मौन भयौ - को बताउँछ अब !
बागनी
बज्यैको चित्कार सुनेको
पटपटी फुटेको शरिर
देखेको
तिमी
सँगै त हो बाज्याले उत्तर खोजेको
तिमीमा
ध्यानस्थ भएको
तिम्रै
आँगनमा चित्कार छोडेको
बास्नादार
भोजन अर्पण गरेको
तिम्रै
समिपमा घण्टीको करतल ध्वनी
किन
जागेनौ शङ्खनादमा
कि
विरहको सनाही बजिरहन्छ
भित्र
– भित्र ! भित्री
गहिराइमा !
कति
लुकाउछौ - केहि त देखाउ !
तिमी
इतिहास हौ - वर्तमान हौ
बाजेको
तन्त्र
तिम्रो
मौन मन्त्र
बामनी
बज्यैको चित्कार
प्रथामा
परिबन्ध
म के
महसुस गरुँ –
तिमी भएरै
नामेट
अस्तित्व !

No comments:
Post a Comment