Sunday, February 22, 2026

सुरक्षा

 


सन्तलाल जीवन बीमा अभिकर्ता बनेर गाउँमा फर्किएको थियो । उ बजारमा तालिम लिन गएको थियो । फर्केर आएपछि उसले जीवन बीमा योजना बेच्ने योजना बनायो । गाउँघरमा क कसलाई जीवन बीमाको जरुरी छ भनेर खोज्यो र थाहा पायो कि यो त सबैका लागि आवश्यक कुरा रहेछ । अब जसरी पनि बीमा योजना बेच्नु पर्ने ठहर गर्यो । यो खबर म्यानेजरलाई सुनाउदा खुसी भएर सानो पार्टी नै आयोजना गर्यो । सन्तलालको आत्मबल बढ्यो ।

 चित्र गाउँमा बाख्रा पालन गर्ने एक किसान थियो । उसले बाख्रा पालन कर्मलाई व्यवसायमा रुपान्तरण गर्ने तयारीमा थियो । उसको जहान एक लघुबित्त कम्पनीको समुह सदस्य बनेकी थिई । ऋण लगानी गर्ने कर्मचारीले ऋण लिन चाहनेको नाम र उद्देश्य कार्यालयमा निवेदन सहित दिनु भनेको थियो । चित्रका श्रीमान श्रीमतीले ऋण निकालेर बाख्रा पालन व्यवसायलाई नयाँ गति दिने निर्णयले खुसीको स्वास फेरे ।

लघुबित्तले ऋण दियो तीन लाख । उनीहरु घर आउनु भन्दा पहिल्यै सन्तलालले बीमाको हाकिमलाई घरमा ल्याएर बसिसकेको थियो । सन्तलाल बीमा योजनाले चित्र र उसको परिवारको सुरक्षा हुने सोचिरहेको थियो । हाकिम भने उसको मासिक लक्ष्यमा परिपूर्ति । चित्र र उसको श्रीमतीको आगमनले सन्तलाल र उसको बीमाको हाकिम खुसी भएर बधाई दिए ।

 सन्तलालले जीवन बीमा योजना खरिद गर्ने सल्लाह दिए । हाकिमले राम्रा राम्रा योजना सुनायो । असार मसान्त आउन चार दिन मात्र बाँकी छन । तपाईले तीन लाखको बीमा योजना खरिद गरी एकमुष्ट भुक्तानी गर्नुहोस । साउन एक गते तपाईले तीन लाखको नब्बे प्रतिशत रकम ऋण लिन पाउनुहुन्छ । सधैँको पैसा तिर्ने झन्झट पनि भएन र बाख्रा किन्नका लागि रकमको अभाव पनि भएन । ऋण आइहाल्छहाकिमले भन्यो ।

 चित्र र उसको श्रीमतीले जे जसरी बुझे, उनीहरुले दुई लाख नब्बे हजार तिरेर बीमा योजना किने । दश हजारको खुसियाली भोज भयो । सबैजना रमाए । हाकिम आफ्नो काममा लाग्यो । सन्तलाल सम्भावित ग्राहको खोजीमा । चित्र र उसको जहान मिलेर गाउँघरमा बाख्रा खोजे । यताउति गर्दै पन्ध्र दिन बिते ।

चित्रको श्रीमती ऋणको लागि बीमाको कार्यालयमा पुगी । हाकिम बदलिएको रहेछ । उनीहरुले ऋणको कुरा गरे । उनीहरुले तिरेको पैसामा पनि हाकिमले जिम्मा लिएर ऋण दिन केन्द्रीय कार्यालयले इमेल पठायो । हाकिमले जिम्मा नलिएर दिन मिल्ने जति दिनुस भनेर प्रतिउत्तर इमेल लेखे । दुई लाख पचास हजार ऋण पाए बार्षिक पच्चिस हजार ब्याज तिर्ने सर्तमा ।


केहि दिन पछि चित्र बीमाको कार्यालयमा गयो । हाकिमसँग कुरा गर्यो । हिसाब गर्यो ऋण र त्यसको व्याजको । हाकिमले भन्यो, “ पच्चिस हजार बार्षिक तिर्ने गरी बीमा गरेको भए तपाईको पाँच लाखको सुरक्षा हुन्थ्यो


No comments:

Post a Comment

दक्ष शिक्षक

आकर्षक नारा तयार भए । शुभकामना पत्र छापिए । सन्चालकहरु जम्मा भएर प्रधानाध्यपकलाई जिम्मा दिए – यो पटक एक सेक्सन बिद्यार्थी नयाँ शैक्षिक श...