सन्तलाल जीवन बीमा अभिकर्ता बनेर गाउँमा फर्किएको थियो । उ बजारमा तालिम लिन गएको थियो । फर्केर आएपछि उसले जीवन बीमा योजना बेच्ने योजना बनायो । गाउँघरमा क कसलाई जीवन बीमाको जरुरी छ भनेर खोज्यो र थाहा पायो कि यो त सबैका लागि आवश्यक कुरा रहेछ । अब जसरी पनि बीमा योजना बेच्नु पर्ने ठहर गर्यो । यो खबर म्यानेजरलाई सुनाउदा खुसी भएर सानो पार्टी नै आयोजना गर्यो । सन्तलालको आत्मबल बढ्यो ।
लघुबित्तले ऋण दियो तीन लाख । उनीहरु घर आउनु भन्दा पहिल्यै सन्तलालले बीमाको हाकिमलाई घरमा ल्याएर बसिसकेको थियो । सन्तलाल बीमा योजनाले चित्र र उसको परिवारको सुरक्षा हुने सोचिरहेको थियो । हाकिम भने उसको मासिक लक्ष्यमा परिपूर्ति । चित्र र उसको श्रीमतीको आगमनले सन्तलाल र उसको बीमाको हाकिम खुसी भएर बधाई दिए ।
चित्रको श्रीमती ऋणको लागि बीमाको कार्यालयमा पुगी । हाकिम बदलिएको रहेछ । उनीहरुले ऋणको कुरा गरे । उनीहरुले तिरेको पैसामा पनि हाकिमले जिम्मा लिएर ऋण दिन केन्द्रीय कार्यालयले इमेल पठायो । हाकिमले जिम्मा नलिएर दिन मिल्ने जति दिनुस भनेर प्रतिउत्तर इमेल लेखे । दुई लाख पचास हजार ऋण पाए बार्षिक पच्चिस हजार ब्याज तिर्ने सर्तमा ।
केहि दिन पछि चित्र बीमाको कार्यालयमा गयो । हाकिमसँग कुरा गर्यो । हिसाब
गर्यो ऋण र त्यसको व्याजको । हाकिमले भन्यो, “ पच्चिस हजार बार्षिक तिर्ने गरी बीमा गरेको भए तपाईको पाँच
लाखको सुरक्षा हुन्थ्यो ।”

No comments:
Post a Comment