Sunday, February 22, 2026

दक्ष शिक्षक




आकर्षक नारा तयार भए । शुभकामना पत्र छापिए । सन्चालकहरु जम्मा भएर प्रधानाध्यपकलाई जिम्मा दिए – यो पटक एक सेक्सन बिद्यार्थी नयाँ शैक्षिक शत्र सुरु हुनेबेला सम्म निशुल्क पढाउने ।“आवश्यक तयारी थाल्नुहोस, हामी तयार छौं ।” विद्यार्थी भर्नाको अभियान चल्यो – माता सरस्वती तपाईको बालबालिकाको मस्तिष्कमा बास बस्नेछिन । बालबालिकालाई यहि विद्यालयमा भर्ना गर्नुहोस ।

 

प्रधानाध्यापकले हरेक तवरले तयारी गर्यो । आकर्षक विद्यालय भवन, प्रयाप्त खेल मैदान, विद्यार्थी मैत्री शिक्षण बिधि …….। एक पटक पम्पलेट पढ्यो र टाउको कन्यायो । उसले लेखेका सबैकुरा विद्यालयको पहुँच बाहिर थिए । उसले सन्चालकहरुको आस मानेको थियो भसोसा थिएन । विगतका वर्षहरुमा उसले तितो फल चाखिसकेको थियो ।

 

शिक्षक परिचालन भए । पुराना अभिभावकको साहरा लगियो । सम्भावित ठाउँसम्म आवश्यकता अनुसार उ पनि पुग्यो । उसको आत्मविस्वासले पहिले भन्दा अलि बढि प्रभाव बढदै गयो । शिक्षकहरुले साथ दिए । पुराना अभिभावकहरु पनि सहयोगी बनिदिए । नारा र चित्रहरु पनि आकर्षक देखिए ।

 

पूजा त एक बाहना मात्र थियो । कार्यक्रमको आयोजन भयो । विद्यालय निरिक्षक देखि जसको उपस्थितिले प्रभाव पार्छ लागेको थियो ति कार्यक्रमका वक्ता बने । उनिहरुले आफ्नो भन्न चाहेको कुरा भने । स्रोताले के के सुने, ताली बज्यो । कार्यक्रम सकियो । साँझ विद्यार्थी भर्नाको रजिष्टर हेरियो । तिन दिन पछिबाट नयाँ कक्षा सुरुहुने संचालकको निर्णय भयो ।

 

शिक्षक र कक्षाकोठाको विषयमा कसैले कुरा उठाएनन । प्रधानाध्यापकले कुरा उठायो तर कोहि पनि गम्भिर भएनन् । भने, “चलिहाल्छ नी ।” सरकारले तोकेको न्युनतम ज्याला भन्दा धेरै कममा शिक्षकहरु काम गरिरहेका थिए । नयाँ विद्यार्थीहरुका लागि पुरानै काम गरिरहेका शिक्षक भेटाउन मुस्किल भइरहेको थयो । दक्ष, अनुभवि, तालिम प्राप्त र बालमनोविज्ञान अनुकुल शिक्षण गर्ने शिक्षक भेटनु अप्ठ्यारो थियो ।

 

बिहान नयाँ बालबालिका विद्यालय आउन सुरु गरे । एउटा कक्षाका लागि बालबालिका पूरा भए । प्रधानाध्यापक बेचैन देखिन्थ्यो । संचालकहरुले शिक्षक व्यवस्थापनका लागि सहयोग गरिरहेका थिएनन । विध्यालयले दिने तलबमा निरक्षर ज्यालादारी मजदुर पनि उपलब्ध हुन सक्थेन । उसले मलिन अनुहार लगाई एक शिक्षकलाई बोलाएर भन्यो, “ पछाडि पट्टिको अँध्यारो कोठामा लाईट जलाउनुहोस र कार्यालय सहयोगी दिदी (सानी) लाई कक्षामा पठाई दिनुहोस ।” 

No comments:

Post a Comment

गजल

अरुले नै तिमी को हौ भनिदिनु पर्ने । खै अझै पनि कहाँ छौ भनिदिनु पर्ने । अस्तित्वको खोजमा लम्कने चाहना हो  जागृति भएन उठ लौ भनिदिनु पर्ने । मो...