Saturday, March 21, 2026

जन्मदिन र केक

 

सुनिल र साधना सानै छन । घरमा पुतलीको खेलमा पनि केक खुबाउछन । निजी विद्यालयमा पढछन । बा-आमाको मायाको टुक्रा त छदैछन हजुरआमाको साथी, शिक्षक, अखबार बाचक, फोटोग्राफर र कमेन्टेटर पनि हुन । पढाइमा दुबै तेज छन । आमा बैंकको जागिरे र बा एक शिक्षक हुन ।

 

साधना सुनिल भन्दा ठूली छन । बाले ल्याएको उनको वार्षिक कार्यपात्रोमा  कुन दिन मितिहरुमा गोलो लगाइसकिन जन्मदिनहरुमा । हजुरआमाको, भाइको, मेरो, आमाको, ..। विद्यालयले कक्षा मनिटरको डायरीमा उनले क्रमानुसार जन्मदिन लेखेकी छन । भाइको जन्मदिनमा विशेष संकेत पनि छ जो उनले र उनको भाइले बुझ्छन सायद ।

 

एकदिन बा बिद्यालयबाट फर्किदा दुबै दिदी भाइ हजुरआमाको काखमा बसेर गफ गर्दै थिए । हजुरआमा कथा सुनाउदै थिइन । लोककथाहरुमा बालाबालिका रमाइरहेका थिए । पात्र र तिनीहरुले गरेका कार्यमा समलोचनात्मक टिप्पणी पनि गर्दै थिए । हजुरआमा टिप्पणी भन्दा कथा वाचनमा मग्न थिइन ।

 

आमाको बर्थ डे बैंकले मनाइदियो । घरमा सामान्य मिठो मसिनो पकाउने कुरा भयो । बालबालिकाको जिद्दीको अगाडि कसको बल चल्ने । उनिहरुले केक ल्याए । मैनबत्ति बाले । निभाए । गित लगाए । नाचे । रमाए । दुई तीन दिन कुराको विषयवस्तु बनाए ।

 

भाइको बर्थ डे धुमधाम मनाउने है आमा”, साधना भन्दै थिइ । सल्लाह भयो । बा विद्यालयबाट फर्किनु अगावै आवश्यकिय तयारी पूरा भयो । निम्तालु आए । केटाकेटीहरुले केक ल्याए । मैनबत्ति बाले । निभाए । गित लगाए । नाचे । रमाए । खाना खाए सकियो ।

 

तेरो बाको जन्मदिन आयो के तयारी छ नानी”, हजुरआमाले सोधिन । सुनिल दौडिदै आएर बिस्तारै बोल्यो, भयो के हजुरआमा ठूलो स्वर नगर्नु । अनि बाबाले मान्नुहुन्न । दिदी केक मिठो हुन्छ नि! बाबाको जन्मदिनमा किन केक नकाटने ?” कुरा सामसुम भयो । सबै आ-आफ्नो काममा गए । सधैं झैं साँझ समयानुसार घर फर्किए ।

 

साधनको बा भित्र बसिरहेको बेलामा बाहिर केटाकेटीको चहलपहल बढ्यो । उनीहरुको स्वभाविक चहलपहल थिएन । बाहिर पूरा तारतम्य भइसकेको रहेछ केक काटने । कसले गर्यो यो उसले प्रश्न आफ्नो श्रीमती र छोरी लक्षित थियो । एक पटक सान्नाटा छायो । हजुरआमाले बोल्नको लागि घाँटी सफा गरिन ।

 

अस्ति मेरो वृद्बभत्ता आएको थियो । केटाकेटीले मानेनन् । बुहारी पनि मानिनन् । म आफै नातीसँग गएर ल्याएर आएँ । के अप्ठ्यारो भयो त ? सबैको बर्थ डे मनाउछन । तेरो मात्रै किन नमनाउने त छोरा ? अब बर्थ डे मनाउने केक नकाटी भयो त ? भन त साधना ?”

 

उसले आमातिर फर्केर यति भन्यो अब बाको श्राद्बमा पनि पिण्डदान नगरी केक काटौंला आमा

आत्मस्वीकृति

  सघन उपचार कक्षको ढोका बाहिर बस्दा उन्नती को मनमा अनगिन्ती प्रश्नहरू घुमिरहेका थिए। भित्र रकुल,   उनको श्रीमान बेहोसीमा छट...