Tuesday, September 8, 2026

गजल

अरुले नै तिमी को हौ भनिदिनु पर्ने ।

खै अझै पनि कहाँ छौ भनिदिनु पर्ने ।


अस्तित्वको खोजमा लम्कने चाहना हो 

जागृति भएन उठ लौ भनिदिनु पर्ने ।


मोड्यौ पैतला छुट्यो गन्तव्य टाढा कतै 

त्यो मोड थियो के सम्झौ भनिदिनु पर्ने ।


चलेपछि अनेकौं तरङ्ग अविरल 

त्यागेर सारा भित्र फर्कौ भनिदिनु पर्ने ।


मनुष्य! चेतनाको दैलौ उघार अब 

हुदैन कति पनि धौ भनिदिनु पर्ने ।


भौतिक आँखाहरूमात्र चलमलाई 

तिमी उत्तरको जरा हौ भनिदिनु पर्ने ।

स्वाभिमानको यात्रा

 हरायो नीति खोज न भन्दा पागल कहने 

सहन्न झुटो पापको खेती कसरी सहने ? 


न ताक्छ कहिँ कसैको गाथ, न माग्छ पगडि 

कर्तव्य पूरा गरेरै छाडछ रोकिन्न क्यै गरी । 


खोल न आँखा पट्टी उघारी अन्धकार चिर 

सबैले राख्न पाउनै पर्छ आ- आफ्नो बिचार । 


बोकेर भारी क्रोधको यात्रा अस्तित्व नकारी 

सोचेकै हैन शुदुर यात्रा हिँड्ने हो कसरी ? 


आउला दिन आउला बार संचिती गरेको 

अनेकौं एक भएर आए के चित्त मरेको । 


स्वीकार छैन यथार्थ सारा लोकले चिन्दछ 

स्वाभिमानी त झुकेर हैन खुलेरस हिड्दछ । 


लेखेको बस्ने खोलेर छाती यि हरफ सारा 

लाग्ला है सोच खुलेर भन्छु सत्यको सराप ।


नगर्नु पाप नगर्नु लोभ मोह मद माश्चर्य 

अन्नको मन घटित कर्म के मान्नु आश्चर्य ! 

मुक्तक

                        

आज हाँसो भोलि आँशु सबै छुटिजान्छ  ।

जीन्दगानी शितको थोपा यसै फुटिजान्छ  ।


यो गरौँला त्यो गरौँला सोच्दा सोच्दै सारा 

स्वास रोकिन्छ देह त्यागी अर्थी उठिजान्छ ।। 


  

The Lock of Memory

 



Her son - 

rests in his mother’s lap.

I look around me—

pictures dance in my eyes.

But where do I find him?

Not pacing the courtyard,

not roasting potatoes by the hearth,

not teasing the dog,

not chasing pigeons from the roof.

Perhaps the pigeon flew away—

never to return.

No, he is not with me.

Only bundles of memories remain,

which one to unwrap—

and whom to ask?

The joy of holding tender fingers,

I read in his father’s eyes

Their restlessness trembles in those hands,

day and night they wave, searching.

The beard that grows unkempt

is no sign of busyness—

it is memory itself,

a fragile hand reaching to be held.

I feel myself running

into the depth of his heart,

unaware—

while he scatters awareness

unaware of himself.

He dwells fiercely in my unconscious,

more than in my waking mind.

He is in my breath,

in every swallowed and unswallowed morsel.

He is in the very sense of my being.

I showed him the world—

and in him I found my world.

He gave me existence,

though many alike me be born,

it was he who gave me life—

life itself,

by calling me Mother!

Why does life not move in one breath now,

as it did for nine months?

Why does my courage not rise,

as it did when he stirred within me?

His father blushed,

I smiled alone toward the wall.

The warmth and chill that touched him

startled me too.

When his tender lips

did not cling to my breast,

pain throbbed like a sealed wound.

But greater than that

is the knot lodged in my heart.

Sleep has fled,

thirst lingers.

In the forest,

stone slabs are being made!

Or,

Whom shall I send?

Whom shall I embrace?

Tell me, Kanchhi!

Where is the key -

to unlock the lock upon my heart?


Wednesday, September 2, 2026

मुक्तक

 


तिमीलाई बिर्सिएछु जाने बेलामा  ।

किन फेरी उस्तै भयो खाने बेलामा ।


सबैलाई मनपर्ने थपेकै हो बस्तु 

तिमी मात्रै छुट्यौ सानु लाने बेलामा ।

Thursday, August 6, 2026

Birthday and Cake

 


Sunil and Sadhana are still young. At home, even in their butterfly games, cakes play a role. They study in a private school. Along with their parents’ love, they also have the companionship of their grandmother, who is a storyteller, teacher, newspaper reader, photographer, and commentator. Both are bright in their studies. Their mother works at a bank, and their father is a teacher.

Sadhana is older than Sunil. In the annual calendar brought by her father, she has circled the dates of birthdays—grandmother’s, brother’s, mine, mother’s… At school, she has written them in order in the class monitor’s diary. Her brother’s birthday has a special mark, which only she and her brother seem to understand.

One day, when father returned from school, both siblings were sitting in grandmother’s lap, chatting. Grandmother was telling stories. The children were enjoying the folk tales. They even made critical comments about the characters and their actions. Grandmother, however, was absorbed more in storytelling than in commentary.

Mother’s birthday was celebrated by the bank. At home, some simple delicious food was prepared. But who can resist the children’s insistence? They brought a cake. Candles were lit. Blown out. Songs were sung. They danced. They rejoiced. For two or three days, this became the topic of conversation.

“Mother, we must celebrate brother’s birthday with great excitement,” Sadhana said. Plans were made. Before father returned from school, all preparations were completed. Guests arrived. The children brought a cake. Candles were lit. Blown out. Songs were sung. They danced. They rejoiced. They ate food—and it was over.

“Your father’s birthday is coming. What preparations are there, dear?” grandmother asked. Sunil came running and whispered, “It’s ready, grandmother, don’t speak loudly. Otherwise father won’t agree. Sister, cakes are delicious, aren’t they? Why not cut a cake on father’s birthday too?” The matter was hushed. Everyone went back to their own work. As usual, they returned home in the evening.

When Sadhana’s father was sitting inside, the children’s activity outside grew louder. It wasn’t their usual playfulness. Outside, everything was already arranged for cake cutting. “Who did this?” he asked, directing the question toward his wife and daughter. Silence fell for a moment. Grandmother cleared her throat to speak.

“Recently, my old-age allowance came. The children didn’t listen. My daughter-in-law didn’t listen either. So I myself went with my grandson and brought it. What’s the problem? Everyone’s birthday is celebrated. Why not yours, son? How can a birthday be celebrated without cutting a cake? Tell me, Sadhana?”

She turned to her mother and said, “Then, on father’s death anniversary, instead of offering Pindas, let’s cut a cake too, mother.”

Saturday, July 25, 2026

आलोचनाबाट आरम्भ

 आध्यात्म र धर्म 

गोलबद्ध गर्यो - 

जस्तो हामी अक्सर गर्छौं ! 

अन्धकारको डोरी - सर्प 

आवश्यक उज्यालोको जोहो - 

तपमा आश्रित रहनु 

परिश्रम कल्पना बाहिर 

मोहजालको आनन्द 

पसिनामा कसरी नाप्नु 

गन्तव्यमा विविधता देखिन्छ कि – 

वा देखिदैन! हुनसक्छ कि सभ्भावना । 


लासमाथिको अधिपत्य 

रक्त आहालको लागि र्याल 

तमस कर्म 

प्रखरित भइरहन्छ 

बेला - मौका पर्खिन पर्दैन 

अधैर्य भए पुग्छ 

चेतनाको धिपधिपे दियो 

निल्न सक्छ अन्धकार 

यात्रा - आरोह अवरोह 

अवरोध पनि मिसिएको संघर्ष ! 


कित्ता अलग रहन सक्छ 

एक हुन सक्छ 

जब कित्ताको ज्ञात रहन्छ 

अन्यथामा 

स्वयम् जवाफदेही बन्नु प्रभु ! 

रोग र चिन्तन अलग प्रवृत्ति हुन 

जस्तो कार्वन र फलाम

सुन र तामा 

हलुका पारौं - 

हाइड्रोजन र हिलियम 

वा जोडौं - 

जीवको प्राण वायू 

वनस्पतिको खाद्य 

मौनतामा सोच्नु 

जान्दैन 

खित्का छाडेर हाँस्न मान्दैन 

कहिल्यै परावर्तन पनि हुन्छ 

के भन्छ विज्ञान - खै 

शुन्य हाँसेर गम्छ 

सत्यको तृष्णा रोग हो त ? 


वैदिक ऋचा प्रमाणमा उभिन्छ 

'सत्यं वद, धर्म चर' 

सत्य बोल्न र धर्ममा चल्न 

कदम उठाइयोस् 

त्यो धर्म शास्वत होस् 

न थानमा रगतको होली बनोस्

डर र आशाको खेल खेलाउने 

जो उभियोस -  कथित धर्म माथि 

भर्न सकोस आध्यात्मिक चेत 

यहि मेरो अन्तिम स्वास बनोस । 


नित्सेले भने - 

'मान्छेले आफूलाई पार गर्नुपर्छ'

प्रयत्न जारी छ - 

अहँकारका धुजा धुजा बनाएर 

आत्मिक उँचाइ 

जीवान्तर जान्दैन 

कमिला होस वा हात्ती 

सर्प होस कि चिल 

मृग होस कि बाघ 

एक हो - जो शून्य ! 


कन्फ्युसियस मानवताको मार्ग हिँडे 

ए साथी ! सुन 

मानवताको मार्गमा 

कृतज्ञताको फूल रोप्छु 

भष्म गरेर स्वयमलाई ! 

उभ्याउनु छ यि हरफहरुमा - 


बुद्ध - बुद्धत्व र प्रेम 

दुःखको मार्गमा कारण र निवारण 

खोज्दा खोज्दै बाँडन सके 

करुणाका अनेकौं कहानी 

करुणाको उज्यालोबाट 

तिमीलाई धन्यबाद अर्पण गर्छु 

सधैं भरिरहोस हृदय 

करुणाको तरलताले 

कहिल्यै सुक्न नपरोस् 

ओठ - तालु 

आवेग र क्रोधका लाप्काहरुले 

प्रभु करुणा बर्सिरहोस 

अनन्त अनन्तसम्म ! 


म भौतिक - कारण नरहुँ 

आत्मिक ज्ञात फेलियोस्

हरेक हाँसोमा प्रथना मिसियोस् 

शान्तिको स्वासले भरियोस 

यो - सानो ! छाती 

सत्य साक्षत्कारहोस् 

सत्य सर्व एकनास 

सापेक्ष भन्दा टाढा 

चलिराखुन पैतलाहरु ।


उसले भनोस - 

म मनोरोगी हैन 

चिच्याएर भनोस 

सर्व थर्कमान हुने गरी 

एक यात्रु हुँ 

यात्रामा छु 

गन्तव्य एकै कसरी बनाउछौ- 

त्यो यात्रा 

ग्रहण लिप्त नजरबाट कोसौं टाढा 

सत्य - करुणा - मानवता 

यात्रा - आत्म उत्कर्षको । 

जाँगर

 जाँगर छैन 

पढन पर्छ भन्छौ 

कसरी जाग्नु ? 

केहि हाइकु




ज्यूनुको अर्थ 

केलाउनु भयो त ?

म किन जन्मेँ !



सफलता रे

कर्मको फल बन्छ 

तिमी कहिले ? 

लौ चिमोठ त 

पत्ता लगाउनु छ 

ज्यूदै कि मृत !



फर्मान खै त 

हाजिर भए रैती 

विजयी भाव ।




वैंस फूलोस 

साँच्चै कामना गरौं 

कोहि जन्मियो ।


जिम्मेवारी छ 

निभाउनु भूमिका 

कर्तव्य हो नि । 


त्यो झ्यालबाट 

हिमाल देख्ने चाह

निस्तेज भयो ।  

 

खेदेर हेर 

                प्रतिविम्ब स्वयम 

                 प्रकृति एक ! 



 

Sunday, April 5, 2026

आत्मस्वीकृति

 




सघन उपचार कक्षको ढोका बाहिर बस्दा उन्नतीको मनमा अनगिन्ती प्रश्नहरू घुमिरहेका थिए। भित्र रकुल, उनको श्रीमान बेहोसीमा छटपटाउदै सघन उपचारमा थिए। डाक्टरको आगमनले अशान्ति बढाइरहेको थियो । उसलाई यहाँ ल्याउने कारण उनी आफैं थिइन्। 

 

गाउँमा हुर्किएकी उन्नतीको जीवन सरल थियो। खेत, बारी, गाउँको मेलापात, सामुदायिक जीवन त्यही उनको संसार थियो। विवाहपछि रकुलसँग शहरमा बस्न आउँदा उनले नयाँ जीवनको कल्पना गरिन्। शहरको चमक, स्वतन्त्रता, अवसरले उनलाई आकर्षित गर्यो। शहरमा अनुकूलन गर्न उनले अपनाएको बाटो गलत बन्यो नयाँ साथीहरू, नयाँ सम्बन्धहरू, स्वतन्त्रताको नाममा उनले विवाहको बन्धनलाई चकनाचुर पारिन्। 

 

रकुल इमानदार, सरल, परिवारप्रति समर्पित व्यक्ति थिए। उनले उन्नतीलाई शहरमा सहज बनाउन हरसम्भव प्रयास गरे। तर उन्नतीले त्यो प्रयासलाई मूल्य दिन सकिनन्। 

 

उनले धेरै गैरवैवाहिक सम्बन्ध बनाइन सुरुमा यो उनलाई स्वतन्त्रताको खोजी जस्तो लाग्यो, तर पछि उनले बुझिन् यो केवल रकुललाई पीडा दिने बाटो मात्र थियो। 

 

एक दिन यात्राको क्रममा उ गाउँबाट टाढा निस्किएको थियो । उसको एकदम मिल्ने साथी परारम्भले उसलाई फोन गरेर उन्नतीको खबर पुगायो । उसले पहिले त विस्वासै गर्न सकेन । जब उसलाई परारम्भले फोटो र भिडियो पनि पठाइदिने कुरा गर्यो, को संसार भत्कियो। इमानदार श्रीमानको आत्मा धोका अपमानले चिरियो। हिँडिरहेको रोडमा मोटरसाइकिल कतै हराएजस्तो लाग्यो । एकैछिन पछि उ आकाशमा शैर गरिरहेको सपनामा भुल्न थाल्यो ।   

 

अस्पतालमा  रकुल र परारम्भलाई देख्दा उन्नतीको मनमा पछुतोको आँधी चल्यो। उनले महसुस गरिन् गाउँबाट शहरमा अनुकूलन गर्ने नाममा उनले आफ्नो निर्दोष श्रीमानलाई बलि चढाइन्। 

 

किन यस्तो भएँ?” उनले आफैंलाई सोधिन्। 

शहरको चमकले मलाई अन्धो बनायो। मैले रकुलको प्रेमलाई बेवास्ता गरेँ। मेरो स्वतन्त्रताको खोजीले उसको जीवनलाई अन्धकारमा धकेल्यो। 

 

उन्नतीले बुझिन् स्वतन्त्रता जिम्मेवारीसहित आउँछ। विवाह केवल सामाजिक बन्धन होइन, विश्वास सहयात्राको प्रतिज्ञा हो। 

 

उन्नतीलेले रकुललाई हेर्दै मनमा प्रतिज्ञा गरिन् । अब उनी आफ्नो जीवनलाई फेरि नयाँ बाटोमा लैजानेछिन्। 

उनले स्वीकार गरिन्गैरवैवाहिक सम्बन्धले उनलाई स्वतन्त्रता होइन, अपराधबोध मात्र दिएको छ। 

उनले प्रतिज्ञा गरिन्रकुलको निर्दोषिता इमानदारीतालाई सम्मान गर्ने, उसको पीडालाई निको पार्ने, विगतका गल्तीहरूलाई सुधार्ने। 

जब उनको नाम लिएर डाक्टरले बोलाएर एक पर्ची थमायो उनी निरास भइन । डक्टरले रकुललाई मृत घोषणा गरिसकेको थियो ।

 

गजल

अरुले नै तिमी को हौ भनिदिनु पर्ने । खै अझै पनि कहाँ छौ भनिदिनु पर्ने । अस्तित्वको खोजमा लम्कने चाहना हो  जागृति भएन उठ लौ भनिदिनु पर्ने । मो...