Thursday, August 6, 2026

Birthday and Cake

 


Sunil and Sadhana are still young. At home, even in their butterfly games, cakes play a role. They study in a private school. Along with their parents’ love, they also have the companionship of their grandmother, who is a storyteller, teacher, newspaper reader, photographer, and commentator. Both are bright in their studies. Their mother works at a bank, and their father is a teacher.

Sadhana is older than Sunil. In the annual calendar brought by her father, she has circled the dates of birthdays—grandmother’s, brother’s, mine, mother’s… At school, she has written them in order in the class monitor’s diary. Her brother’s birthday has a special mark, which only she and her brother seem to understand.

One day, when father returned from school, both siblings were sitting in grandmother’s lap, chatting. Grandmother was telling stories. The children were enjoying the folk tales. They even made critical comments about the characters and their actions. Grandmother, however, was absorbed more in storytelling than in commentary.

Mother’s birthday was celebrated by the bank. At home, some simple delicious food was prepared. But who can resist the children’s insistence? They brought a cake. Candles were lit. Blown out. Songs were sung. They danced. They rejoiced. For two or three days, this became the topic of conversation.

“Mother, we must celebrate brother’s birthday with great excitement,” Sadhana said. Plans were made. Before father returned from school, all preparations were completed. Guests arrived. The children brought a cake. Candles were lit. Blown out. Songs were sung. They danced. They rejoiced. They ate food—and it was over.

“Your father’s birthday is coming. What preparations are there, dear?” grandmother asked. Sunil came running and whispered, “It’s ready, grandmother, don’t speak loudly. Otherwise father won’t agree. Sister, cakes are delicious, aren’t they? Why not cut a cake on father’s birthday too?” The matter was hushed. Everyone went back to their own work. As usual, they returned home in the evening.

When Sadhana’s father was sitting inside, the children’s activity outside grew louder. It wasn’t their usual playfulness. Outside, everything was already arranged for cake cutting. “Who did this?” he asked, directing the question toward his wife and daughter. Silence fell for a moment. Grandmother cleared her throat to speak.

“Recently, my old-age allowance came. The children didn’t listen. My daughter-in-law didn’t listen either. So I myself went with my grandson and brought it. What’s the problem? Everyone’s birthday is celebrated. Why not yours, son? How can a birthday be celebrated without cutting a cake? Tell me, Sadhana?”

She turned to her mother and said, “Then, on father’s death anniversary, instead of offering Pindas, let’s cut a cake too, mother.”

Saturday, July 25, 2026

आलोचनाबाट आरम्भ

 आध्यात्म र धर्म 

गोलबद्ध गर्यो - 

जस्तो हामी अक्सर गर्छौं ! 

अन्धकारको डोरी - सर्प 

आवश्यक उज्यालोको जोहो - 

तपमा आश्रित रहनु 

परिश्रम कल्पना बाहिर 

मोहजालको आनन्द 

पसिनामा कसरी नाप्नु 

गन्तव्यमा विविधता देखिन्छ कि – 

वा देखिदैन! हुनसक्छ कि सभ्भावना । 


लासमाथिको अधिपत्य 

रक्त आहालको लागि र्याल 

तमस कर्म 

प्रखरित भइरहन्छ 

बेला - मौका पर्खिन पर्दैन 

अधैर्य भए पुग्छ 

चेतनाको धिपधिपे दियो 

निल्न सक्छ अन्धकार 

यात्रा - आरोह अवरोह 

अवरोध पनि मिसिएको संघर्ष ! 


कित्ता अलग रहन सक्छ 

एक हुन सक्छ 

जब कित्ताको ज्ञात रहन्छ 

अन्यथामा 

स्वयम् जवाफदेही बन्नु प्रभु ! 

रोग र चिन्तन अलग प्रवृत्ति हुन 

जस्तो कार्वन र फलाम

सुन र तामा 

हलुका पारौं - 

हाइड्रोजन र हिलियम 

वा जोडौं - 

जीवको प्राण वायू 

वनस्पतिको खाद्य 

मौनतामा सोच्नु 

जान्दैन 

खित्का छाडेर हाँस्न मान्दैन 

कहिल्यै परावर्तन पनि हुन्छ 

के भन्छ विज्ञान - खै 

शुन्य हाँसेर गम्छ 

सत्यको तृष्णा रोग हो त ? 


वैदिक ऋचा प्रमाणमा उभिन्छ 

'सत्यं वद, धर्म चर' 

सत्य बोल्न र धर्ममा चल्न 

कदम उठाइयोस् 

त्यो धर्म शास्वत होस् 

न थानमा रगतको होली बनोस्

डर र आशाको खेल खेलाउने 

जो उभियोस -  कथित धर्म माथि 

भर्न सकोस आध्यात्मिक चेत 

यहि मेरो अन्तिम स्वास बनोस । 


नित्सेले भने - 

'मान्छेले आफूलाई पार गर्नुपर्छ'

प्रयत्न जारी छ - 

अहँकारका धुजा धुजा बनाएर 

आत्मिक उँचाइ 

जीवान्तर जान्दैन 

कमिला होस वा हात्ती 

सर्प होस कि चिल 

मृग होस कि बाघ 

एक हो - जो शून्य ! 


कन्फ्युसियस मानवताको मार्ग हिँडे 

ए साथी ! सुन 

मानवताको मार्गमा 

कृतज्ञताको फूल रोप्छु 

भष्म गरेर स्वयमलाई ! 

उभ्याउनु छ यि हरफहरुमा - 


बुद्ध - बुद्धत्व र प्रेम 

दुःखको मार्गमा कारण र निवारण 

खोज्दा खोज्दै बाँडन सके 

करुणाका अनेकौं कहानी 

करुणाको उज्यालोबाट 

तिमीलाई धन्यबाद अर्पण गर्छु 

सधैं भरिरहोस हृदय 

करुणाको तरलताले 

कहिल्यै सुक्न नपरोस् 

ओठ - तालु 

आवेग र क्रोधका लाप्काहरुले 

प्रभु करुणा बर्सिरहोस 

अनन्त अनन्तसम्म ! 


म भौतिक - कारण नरहुँ 

आत्मिक ज्ञात फेलियोस्

हरेक हाँसोमा प्रथना मिसियोस् 

शान्तिको स्वासले भरियोस 

यो - सानो ! छाती 

सत्य साक्षत्कारहोस् 

सत्य सर्व एकनास 

सापेक्ष भन्दा टाढा 

चलिराखुन पैतलाहरु ।


उसले भनोस - 

म मनोरोगी हैन 

चिच्याएर भनोस 

सर्व थर्कमान हुने गरी 

एक यात्रु हुँ 

यात्रामा छु 

गन्तव्य एकै कसरी बनाउछौ- 

त्यो यात्रा 

ग्रहण लिप्त नजरबाट कोसौं टाढा 

सत्य - करुणा - मानवता 

यात्रा - आत्म उत्कर्षको । 

जाँगर

 जाँगर छैन 

पढन पर्छ भन्छौ 

कसरी जाग्नु ? 

केहि हाइकु




ज्यूनुको अर्थ 

केलाउनु भयो त ?

म किन जन्मेँ !



सफलता रे

कर्मको फल बन्छ 

तिमी कहिले ? 

लौ चिमोठ त 

पत्ता लगाउनु छ 

ज्यूदै कि मृत !



फर्मान खै त 

हाजिर भए रैती 

विजयी भाव ।




वैंस फूलोस 

साँच्चै कामना गरौं 

कोहि जन्मियो ।


जिम्मेवारी छ 

निभाउनु भूमिका 

कर्तव्य हो नि । 


त्यो झ्यालबाट 

हिमाल देख्ने चाह

निस्तेज भयो ।  

 

खेदेर हेर 

                प्रतिविम्ब स्वयम 

                 प्रकृति एक ! 



 

Sunday, April 5, 2026

आत्मस्वीकृति

 




सघन उपचार कक्षको ढोका बाहिर बस्दा उन्नतीको मनमा अनगिन्ती प्रश्नहरू घुमिरहेका थिए। भित्र रकुल, उनको श्रीमान बेहोसीमा छटपटाउदै सघन उपचारमा थिए। डाक्टरको आगमनले अशान्ति बढाइरहेको थियो । उसलाई यहाँ ल्याउने कारण उनी आफैं थिइन्। 

 

गाउँमा हुर्किएकी उन्नतीको जीवन सरल थियो। खेत, बारी, गाउँको मेलापात, सामुदायिक जीवन त्यही उनको संसार थियो। विवाहपछि रकुलसँग शहरमा बस्न आउँदा उनले नयाँ जीवनको कल्पना गरिन्। शहरको चमक, स्वतन्त्रता, अवसरले उनलाई आकर्षित गर्यो। शहरमा अनुकूलन गर्न उनले अपनाएको बाटो गलत बन्यो नयाँ साथीहरू, नयाँ सम्बन्धहरू, स्वतन्त्रताको नाममा उनले विवाहको बन्धनलाई चकनाचुर पारिन्। 

 

रकुल इमानदार, सरल, परिवारप्रति समर्पित व्यक्ति थिए। उनले उन्नतीलाई शहरमा सहज बनाउन हरसम्भव प्रयास गरे। तर उन्नतीले त्यो प्रयासलाई मूल्य दिन सकिनन्। 

 

उनले धेरै गैरवैवाहिक सम्बन्ध बनाइन सुरुमा यो उनलाई स्वतन्त्रताको खोजी जस्तो लाग्यो, तर पछि उनले बुझिन् यो केवल रकुललाई पीडा दिने बाटो मात्र थियो। 

 

एक दिन यात्राको क्रममा उ गाउँबाट टाढा निस्किएको थियो । उसको एकदम मिल्ने साथी परारम्भले उसलाई फोन गरेर उन्नतीको खबर पुगायो । उसले पहिले त विस्वासै गर्न सकेन । जब उसलाई परारम्भले फोटो र भिडियो पनि पठाइदिने कुरा गर्यो, को संसार भत्कियो। इमानदार श्रीमानको आत्मा धोका अपमानले चिरियो। हिँडिरहेको रोडमा मोटरसाइकिल कतै हराएजस्तो लाग्यो । एकैछिन पछि उ आकाशमा शैर गरिरहेको सपनामा भुल्न थाल्यो ।   

 

अस्पतालमा  रकुल र परारम्भलाई देख्दा उन्नतीको मनमा पछुतोको आँधी चल्यो। उनले महसुस गरिन् गाउँबाट शहरमा अनुकूलन गर्ने नाममा उनले आफ्नो निर्दोष श्रीमानलाई बलि चढाइन्। 

 

किन यस्तो भएँ?” उनले आफैंलाई सोधिन्। 

शहरको चमकले मलाई अन्धो बनायो। मैले रकुलको प्रेमलाई बेवास्ता गरेँ। मेरो स्वतन्त्रताको खोजीले उसको जीवनलाई अन्धकारमा धकेल्यो। 

 

उन्नतीले बुझिन् स्वतन्त्रता जिम्मेवारीसहित आउँछ। विवाह केवल सामाजिक बन्धन होइन, विश्वास सहयात्राको प्रतिज्ञा हो। 

 

उन्नतीलेले रकुललाई हेर्दै मनमा प्रतिज्ञा गरिन् । अब उनी आफ्नो जीवनलाई फेरि नयाँ बाटोमा लैजानेछिन्। 

उनले स्वीकार गरिन्गैरवैवाहिक सम्बन्धले उनलाई स्वतन्त्रता होइन, अपराधबोध मात्र दिएको छ। 

उनले प्रतिज्ञा गरिन्रकुलको निर्दोषिता इमानदारीतालाई सम्मान गर्ने, उसको पीडालाई निको पार्ने, विगतका गल्तीहरूलाई सुधार्ने। 

जब उनको नाम लिएर डाक्टरले बोलाएर एक पर्ची थमायो उनी निरास भइन । डक्टरले रकुललाई मृत घोषणा गरिसकेको थियो ।

 

जीवन

 



गोकर्ण गाउँको एक साधारण बालक थियो। उसको अनुहारमा सधैं मुस्कान देखिन्थ्यो। विद्यालयको पढाइमा भने हल्का कमजोर थियो । शिक्षकहरूले उसलाई ढिलो बुझ्ने विद्यार्थी भनेर चिन्थे। उसको पढाइको गति कमजोर थियो । गणितका अंकहरू उसलाई ढुंगाजस्तै भारी लाग्थे।

गोकर्णको मनमा एउटा विशेष गुण थियोउसले प्रकृतिसँग संवाद गर्ने शिल्प राख्थ्यो। नदीमा पौडिन उसलाई औधी रमाइलो लाग्थ्यो । पानीमा डुबेर उसले आफ्नो छुट्टै संसार खोज्थ्यो। नदी उसको साथी थियो । समय मिल्यो कि नदिमा पहिलो पौडिने काम उसैको हुन्थ्यो । पानी उसको कमजोरीलाई ढाकिदिन्थ्यो। 

विद्यालयको पढाइ कमजोर भएसँगै गोकर्णको बुझाइमा एउटा कठिनाई स्पष्ट देखिन्थ्योउसले अमूर्त कुरा प्राय बुझ्न सक्दैनथ्यो। अमुर्त शब्दहरू उसलाई के हो के हो लाग्थे। जब शिक्षकले खेत, नदी, वा गाउँको कथा सुनाउँथे, गोकर्ण तुरुन्तै बुझ्थ्यो । उसको मन दृश्यात्मक थियोउसलाई देख्नुपर्ने, छुनुपर्ने र आकृति मापन गर्नुपर्ने सिकाइले लोभ्याउथ्यो । 

देशमा माओवादी शशस्त्र द्वन्द्व चलिरहेको थियो। गाउँमा कहिलेकाहीँ बन्दुक पडकेको आवाज सुनिन्थ्योरातभरि डरको साम्राज्य फैलिन्थ्यो। विद्यालयमा पनि द्वन्द्वको छायाले पछ्याउथ्यो । कहिले पढाइ रोकिन्थ्योकहिले शिक्षकहरू गाउँ छोड्थे कहिले सेना प्रहरीको डरमा विद्यार्थीहरु विद्यालय भुल्न विवस थिए । द्वन्द्वले गाउँको शिक्षा र जीवन दुवैलाई कमजोर पारेको थियो।

गोकर्णलाई द्वन्द्वको अर्थ बुझ्न गाह्रो थियो। कसैले भने, “यो लडाइँ समानताको लागि हो।गोकर्णले सोध्थ्यो, “समानता भनेको के हो ? कस्तो हुन्छ ? कत्रो हुन्छ ?” उसका प्रश्न सुन्नेहरु हाँस्ने गर्थे । 

एक दिन गाउँमा माओवादीहरू आए। उनीहरूले सभा गरे। गाउँका मानिसहरूलाई सम्बोधन गर्दै भने, “हामी शोषण अन्त्य गर्न लडिरहेका छौं।गोकर्णले त्यो सुनेर घर फर्कियो। उसले आमालाई सोध्यो, “आमा, शोषण भनेको के हो?” आमा खेतमा काम गर्दै थिइन । उनले उत्तर दिइन्, “दाजु आयो भन्या सोध्नु उसले दाजुलाई सोध्यो र जवाफ पायो, जब कसैले हाम्रो मेहनतको फल खान्छ, त्यहि शोषण होला 

त्यो उत्तरले गोकर्णलाई केही राहत दियो। उसले सम्झ्यो नदीमा पौड्दा जब ठूलो छालले उसलाई तल धकेल्छ त्यो पनि शोषण जस्तै हो। जब उसले छाललाई चिर्दै माथि आउँछ, त्यो के हो त  उसले अमूर्त कुरा प्रकृतिसँग तुलना गरेर मात्र बुझ्थ्यो।

उसले शोषण र स्वतन्त्रता जस्ता शब्द बुझ्ने चेष्टा गर्दै थियो । दुर्भाग्यले एक दिन गोकर्ण नदीमा पौडिदा डुबेर मर्यो । गाउँभरि शोक फैलियो। शिक्षकहरूले भने, “पढाइमा कमजोर भए पनि उसको मनमा गहिरो संसार थियो। के उसले आफ्नो अनुकुलको संसार भेटायो होला । 

 

गोकर्णको मृत्युले गाउँलाई झस्कायो । गोकर्णको अन्त्य संस्कारमा गाउँका अध्यक्षले भने, “गोकर्ण पढाइमा कमजोर थियो । मलाई लाग्छ उसले नदीलाई बुझ्थ्यो । हामीले उसलाई आवश्यकता अनुसारका अक्षर सिकाउन सकेनौं उसले हामीलाई जीवन बुझ्ने तरिका सिकायो।  सबै मौन भए ।

 

 

Birthday and Cake

  Sunil and Sadhana are still young. At home, even in their butterfly games, cakes play a role. They study in a private school. Along with t...