Songs

पानीजस्तै बनेको छ एउटा जीन्दगानी
दुनियाँले उमालेर पिउँछन छानी छानी ।।

प्यास मेटाउने, शितल दिने  सिंचन अफ्ना लागि
तछाड मछाड घुस्सा घुस्सी सधैं भागी भागी ।।

कसकै साहु , कसकै ऋणी कोही राख्छन जमानी
साह्रै उदार भैदिएछ कर्ण भन्दा दानी ।।

भेल बगार्इ पसिनाको, मस्तिष्कको खेती
मोथ्छ तन नियतिको बनाएर नेती ।।

उत्खनन भो सुख शान्त सम्वृद्धि भन्दानी

दुःखै दुखमा जीउन पर्ने यै दुःखको खानी ।।





माटो पनि बोल्न था ल्छ  ढुंगा पनि बोल्छ
बेला आयो भने पछि हिउले पनि पोल्छ  ।

तर्की  हिंड  झर्कि हिंड मेरो धर्ति फाट्दा
पाइन लाउनु खुकुरीमा मेरै पन ले मलाई काट्दा

मुटु राखी अगेनोमा जिउने बाटो खोज भन्छौ
फासी लाउकी  गोलि ठोकु मन परेको रोज भन्छौ

विरहमा पिडा हुन्छ न्याउली पनि बोल्छ
हावा पानी  बादल हुरी मनको कुरा खोल्छ  ।

म जिउनु छ फूलहरुमा पाइला  पिच्छे  काडे  झारी
विचार झिक्न सक्ने छैनौ के पाउछौ र  तनलाई  मारी

सितले पोल्छ , जूनले पोल्छ म उमार्ने माटो पोल्छ
तिम्रो रोक्ने साहस  हुन्न बेला आए ब्रह्म खुल्छ  ।  

No comments:

Post a Comment

Ban on Rationality

My eyes are but of flesh,   no doorway to wisdom   is granted me.   Yet tell me—   though branded unreasoning,   I can still press forward, ...