अरुले नै तिमी को हौ भनिदिनु पर्ने ।
खै अझै पनि कहाँ छौ भनिदिनु पर्ने ।
अस्तित्वको खोजमा लम्कने चाहना हो
जागृति भएन उठ लौ भनिदिनु पर्ने ।
मोड्यौ पैतला छुट्यो गन्तव्य टाढा कतै
त्यो मोड थियो के सम्झौ भनिदिनु पर्ने ।
चलेपछि अनेकौं तरङ्ग अविरल
त्यागेर सारा भित्र फर्कौ भनिदिनु पर्ने ।
मनुष्य! चेतनाको दैलौ उघार अब
हुदैन कति पनि धौ भनिदिनु पर्ने ।
भौतिक आँखाहरूमात्र चलमलाई
तिमी उत्तरको जरा हौ भनिदिनु पर्ने ।
No comments:
Post a Comment