थाह छैन खै! तिम्राे र मेरो कुनै नाता हाेला
सपना
कुन नजिक हाेला ? समानता या समता होला ।।
मलाइ बारम्बार हिर्काइरहेकाे छ अहिलेसम्म,
भन्नुस, दुस्मन हाेला कि बिधाता हाेला ।।
युद्ध हुदैछ रे फेरी ! तिमी बिचमा छाै होस गर्नु,
युद्ध हो कि शाहदत होला कि बेपत्ता हाेला ।।
उसले धेरै बल गरेर बुझाउन खाेज्यो ,
सोच्नुस कि शिक्षक हाेला कि नेता होला ।।
आफू बाहेक सबै संसार कब्जामा छ भन्छ ,
कि ठूलै ब्यापारी हाेला, योद्धा हाेला र बिजेता हाेला ।।
तिमीले बोलेको सुनेर वास्ता गरेन र 'प्रज्वल' ?
के मिलेन ? कि अज्ञानी होला कि ज्ञाता होला ।। सपना
ठूला ठूला सपनाको चाङ छैन मसंग
खान लाउन चाडवाड मनाउन सकुँ ।।
एउटा चराले सम्म आफ्नै गुँड बनाउछ,
जहान, बच्चा लुकाउने घर बनाउन सकुँ ।।
अभाव भोकमरीमा तडपिएका जो छन,
एक छाक पेट भरी मुहार हाँसोले छाउन सकुँ ।।
मलाइ लक्ष्यमा बाँच्नु भनेर सिकाएको थियो
छापामारकाे बस्ती
एउटा किरण निस्क्याे बल्ल छापामारकाे बस्तीभित्र ।
झुल्कियाे घाम झलमल्ल छापामारकाे बस्तीभित्र ।।
गाेलीहरू शब्द बन्थे, अावाज बन्थे संगिनहरू
शस्त्र भए असरल्ल छापामारकाे बस्तीभित्र ।।
शुली चढने , ताेपमा जीउने अाधार खाेज्ने छालहरू
सधैं चल्थ्याे हल्ला खल्ला छापामारकाे बस्तीभित्र ।।
निसाना जब अचुक लगायाे वाणिले युग हाँक्ने
भएन काेहि हलचल छापामारकाे बस्तीभित्र ।।
******
रचना मिति ः २०६४ माघ १६
देश जनताको लागि ज्यू ज्यान अर्पेकालाई
देशको मुक्ति, स्वतन्त्रता , समान हुन लडेकालाई ।।
पारिवारीक सुखसयल दुःख र व्याथामा साटदै
निरङ्कुशको पञ्जाबाट देशमुक्त पार्न बढेकालाई ।।
रगतको निशानीले देशको नयाँ सिमा काेर्न
दुस्मनको बङ्करमा बारूद बनि पडकेकालाई ।।
लुटिएको अधिकार खोज्न मुक्ति संग्रामतिर
जनुन्मुक्ति गर्न देश र जनताकै लागि मरेकालाई ।।
मुट्ठी उठाइ सलाम मेरो लडाईका मोर्चा बाट
सम्मान पूर्वक श्राद्धान्जली ज्ञात अज्ञात सहिदलाई ।।
*****
रचना मिति ः २०६४ माघ
मर्न लाको राजसंस्थालाई हेर स्वास दिँदै छ ।
देशको सिमा मिच्नेसंग अझै विस्वास दिँदै छ ।।
सुकाउनु पर्छ अब निरङ्कुशका मूल जरा
खडेरीको राजतन्त्रलाई किन मधुमास दिँदै छ ।।
टुक्रा पार्न आफ्नै देश भाडभैलो मचाउन
देशद्राेहीलाई फेरी फेरी दिल्ली बास दिँदैछ ।।
उठ जाग गाउँबस्ती जनक्रान्तिका आवाज बोकी
बन्देज भाको रक्तचन्दन चिनतिर पास दिँदैछ ।।
जनघाती देशद्रोही फाल्नै पर्छ सबै उठाैं
स्वयमलाई राजतन्त्रको जूठो गास दिँदैछ ।।
*****
रचना मिति ः २०६४ माघ
फूल फक्रिन लाग्याबेला मलजल हाले भयो ।
नयाँ संसार निर्माण गर्न जगबसाउन थाले भयो ।।
नबगाउँ आँसु अबफर्कि हेर्दै निरस अतित
नबिझाउन मनका घाउ मलम पट्टी टाले भयो ।।
फर्कि आउन गाउँबस्ति समुन्द्रका मूलहरू
मित लाउदै डाँडा पाखा मायाप्रिती जाले भयो ।।
कुरिति, कुसंस्कार समाजका विकार जो छन
क्रान्तिको मूल बगाइ सम्पूर्ण पखाले भयो । ।
अन्त्य अब निश्चित छ है तानाशाह प्रतिकको
सबै मिली गणतन्त्रको पालुवा फूलाए भयो ।।
*****
रचना मिति ः २०६४ भदाै २४
राजालाई मिल्काई अब बिकास कार्य चाले हुन्छ ।
निरङ्कुशका प्रतिकलाई हामले उठाई फाले हुन्छ ।।
राज्यबन्धक बनाएर विनास डाक्ने दुष्ट जाे हाे
आगाे लाउन त्यस टाउकोमा पेट्राेल पनि हाले हुन्छ ।।
हातमा संगिन भिराएर गरिब जनता मराउनेलाई
त्यहि संगिन उठाई हामले योजनाकार ढाले हुन्छ ।।
खबरदार ! ए सतान टाउको उठे टुक्रिएला !
तानाशाही यो राजालाई ज्यूँदै अब बाले हुन्छ ।।
श्रम चुसी जनताको आफै माली बनेकालाई
त्यसको शिरको मुकुटलाई जन्ताले सम्हाले हुन्छ ।।
*****
रचना मिति ः २०६४ भदाै २५
हिन्दू धर्म ताेडदैनन रे विष्णुका अवतार मान्नेहरू ।
दक्षिणकाली धाउछन सधैं गाई काटन जान्नेहरू ।।
नागरिकको बोलिबचन नारायणहिटिले छेक्छ रे,
अगाडि बढन दिँदैनन कसैलाई अरूका खुट्टा तान्नेहरू ।।
शासन सबै हातमा लिइ निरङ्कुशता लादि हिडछन
प्रजातन्त्र के हो ? थाहै छैन अत्याचार मात्र जान्नेहरू ।।
सहिदको रगतको अपमान गरे, सपना त परै टारे
जन्ता मार्न के मान्थे र परिवार सखाप पार्न जान्नेहरू ।।
देश डुबाउन योग्य जो छ भ्रष्ट्राचारी खोज्दै हिँडछन
थाहै छैन जसलाई देशको मर्म मन परेका छान्नेहरू ।।
*****
रचना मिति ः २०६४ भदाै २७
क्रान्तिको बाहक बनेर छहारी लिएर आउ ।।
देश बनाउन लिएर हैन बलिदान दिएर आउ ।।
शाेषक सामान्तको बिरूद्ध सधैं भरी लडिराख
तिम्रै रगतले सिमा बन्ला सहिद भै जिएर आउ ।।
निख्खर तिम्रो हृदयमा देश भक्ति जागिरहोस
देश फलाउने पुष्प हाै तिमी अब फक्रिएर आउ ।।
जसको बोलि सम्म सुनिदैन को हाैं भनेर यहाँ
सक्छाै भने उनको बाेलि कहलिएर आउ ।।
नहडबडाइ क्रान्तिमा होमिएका ज्वाला हाै
क्रान्तिको प्यास मेटाउन फेरी रसिएर आउ ।।
*****
रचना मिति ः २०६४ भदाै २८
नेपालमा जनताको जित राजाको हार भएको दिन
अढाइ करोड नेपालीबाट राजसंस्थामा प्रहार भएको दिन ।
२३७ वर्षे राजतन्त्रले देशलाई डुबाइ राख्यो
राजा हटि जनताको शासन प्रसार भएको दिन ।।
सचेतना फैलिएर जनताहरू एकजुट हुँदा
जनताको बल तरबारको धार भएको दिन ।।
हुने नै थिएन हत्या हिंशा मारकाट यहाँ
निरङकुश राजतन्त्रको संहार भएको दिन ।।
मुक्तिगामी, उत्पिडित तथा दवित जनताको खुसि
मुक्तिको स्वास फिर्छ होला देशमा गणतन्त्र आएको दिन ।।
*****
रचना मिति ः २०६४ असाेज ११
उठाैं फेरी गणतन्त्रको दरो खम्बा हाल्न अब
आन्दोलनको अभाब नहोस तानाशाह फाल्न अब ।।
नेपालीको खुन पसिना श्रममाथि राज गर्छ जो
संगै अघि बढाैं राजसंस्थामा विष हाल्न अब ।।
विष्णुको अवतार रे जनता मार्दै हिडने सतान
भिरबाटै खसालिदिउँ सकिदैन पाल्न अब ।।
खबरदारी गर्छाैं हामी फेरी जुर्मुरायो भने
निरङ्कुशको जाल दिनुहुन्न जाल्न अब ।।
सबै जनता एकजुट हाैं देशले कोल्टे फेर्ने बेला
बिद्राेह चेत उरालेर गणतन्त्र सम्हाल्न अब ।।
*****
रचना मिति ः २०६४ असाेज १७
खबरदार देशका किल्ला मिच्न अघि बढनेहरू ।
होस गर नेपाली अधिकार थिच्न अघि बढनेहरू ।।
कोसी बेच्याै, काली बेच्याै, बेच्दै छाै र पश्चिम सेती
सचेत बन नेपालीको अर्थतन्त्र घिच्न अघि बढनेहरू ।।
अझै पनि पुगेन र विदेशीका बैंक भर्याै
होसियार विदेशमा पैसा फिज्न अघि बढनेहरू ।।
पूर्व भाड्याै मध्य भाड्याै पस्याै भन्छन पश्चिम पनि
मसानघाटको बास बन्ला राजा सिज्न अघि बढनेह ।।
बिदेशीको खेलमा रमि देशलाई पेरी नटुक्रयाउ
तिम्रो अन्त्य हुन्छ जनरगतमा भिज्न अघि बढनेहरू ।।
*****
रचना मिति ः २०६४ असाेज १८
म त अछुत रे तिम्रालागि पानी चल्दैन
खै खै हेराैं न त तिम्रो घरको चुलो बल्दैन ।
काम बाँडि समाजमा स्थिरता ल्याउने नियम
मैले काम रोके यदि तिम्राे खाने बाली फल्दैन ।।
क्षेत्रीय र हतियार बोकि युद्ध लडदै हिडने
तरवार नै नभएमा तिम्ले ढाल्ने शत्रु ढल्दैन ।।
नाङ्गाे हिँडनु पर्छ मैले सिउने काम बन्द गरे
मलाई त्यागे तिम्रो लुगा टालेर टल्दैन ।।
मेरो श्रम, पसिना र सिपको कलाकेन्द्र स्थल
मलाई नै बन्देज भए समनताको दियो बल्दैन ।।
*****
रचना मिति ः २०६४ असाेज १९
कति बस्छाै माइतिघरमा अब घरबार जोडने हो कि ?
जातजाति विभेदलाई सिन्दुर हालि फोडने हाे कि ?
रूढिबादि कुरितीमा जकडिएको हाम्राे बस्ती
संगै बढी तिमी र म त्यो कुरिती तोडने हो कि ?
कहिले कतै कहिले के ले सधैंभरी दमित भयाैं
फैलिराको समावेशी मलजल गरी गोडने हो कि ?
त्याग गराैं पुराना ति रूढिबादी परम्परा
बिभेद गर्ने बिरूद्धमा आवाज उठाइ लडने हो कि ?
समाजभरी तिम्रो मेरो चर्चा चल्ला सधैं भरी
एउटै घर नेपाल भए बिभेदगर्न छोडने हो कि ?
*****
रचना मिति ः २०६४ असाेज १९
अब नेपालमा राजाको हार भएरै छाडछ ।
यूवाबाट शोषक सामान्तमा प्रहार भएरै छाडछ ।।
टिक्ने छैन यो देशमा भष्ट्राचारी कुशासन
श्रमजीवि जनताको चाहना साकार भएरै छाडछ ।।
नयाँ नेपाल निर्माण गर्न गणतन्त्र चाहिन्छ नै
यूवाहरू एक ढिक्का भए राजतन्त्रको संहार भएरै छाडछ ।।
षडयन्त्र र कुसंस्कारको जालो अब चुडिदै छ
नेपालीबाट निरङ्कुशताम श्राप भएरै छाडछ ।।
उठाैं हामि गणतन्त्रका पक्षधर यूवा वर्ग
यूवा वर्ग सामान्तलाई तरवार भएरै छाडछ ।।
*****
रचना मिति ः २०६४ पाैष १४
आवासको निर्माणकर्ता भित्र जान बारयाै तिमले ।
चढनलाको सिँढि खस्काइ भुइँमै पछारयाै तिमले ।।
खुल्ला आकाश बारी मैले तिम्रै हितमा श्रम दिएँ
त्याे तिमीलाई आघात भो! पानी पनि टारयाै तिमले ।।
श्रम , सिप, रगत चल्यो , पानी मात्रै विष हो र ?
एकान्तमा याैवन लुट्याै निराधार पारयाै तिमले ।।
पसिनाको अहालमा सधैं भरी पाैडी खेल्याै
देवत्वलाई नचिनेर भुइँमै पछारयाै तिमले ।।
श्रम बाँडी समाजमा सु -संस्कृति मिलाउने
बनाएको त्यो नियमलाई अन्तैतिर सारयाै तिमले ।।
*****
रचना मिति ः २०६४ पाैष २४
हाम्रो अधिकारलाई अब टारियो भने खबरदार !
प्रगतिको मूलपथबाट झारियो भने खबरदार !!
सकिएको छैन अझै अन्याय र अत्यचार
उत्थानको नाममा अन्तै सारियो भने खबरदार !!
राज्यको मूल प्रवाहमा सबै संगै पाैडिदै जाउँ
त्यहाँबाट हामलाई पारी तारियो भने खबरदार !!
श्रम चल्यो सिप चल्यो एकान्तमा यार्न चल्यो
पानी मात्रै विष हो र टारियो भने खबरदार !!
मन्दिर भवन हाम्रो सिप धार्मिक आस्था तिम्रो बढी
हाम्रो कला केन्दे जान बारियो भने खबरदार !!
*****
रचना मिति ः २०६४ माघ १३
देशको सिमा मिच्याै त्याे तिमील्यै होइन ?
जनताको ठूलै बल थिच्याै त्यो तिमील्यै होइन ?
सुरक्षाको नाउँ दिइ मारकाट र बलत्कार ल्यायाै
देशको ढुकुटी सबै घिच्याै त्यो तिमील्यै होइन ?
जनता र देशको सेवा गर्न अघि बढेको बल
आतङ्ककारीको तक्मा फिज्याै त्यो तिमील्यै होइन ?
खबरदार फेरी फेरी उठने दाउ हेराैला
जनताको आँखा टाली टिक्याै त्यो तिमील्यै होइन ?
बस्ने छैन मुक्तिगामी जनताले अब सहि
हत्या हिंसाको बिउ झिक्याै त्यो तिमील्यै होइन ?
*****
No comments:
Post a Comment