Tuesday, June 10, 2025

पिर छ नि

बल्ल पो पिर पर्न थाल्यो, त्यसै हो यि स्कुल बिग्रेको

सिस्टम नै गतिलो छैन, के लाग्थ्यो शिक्षकले भनेको ।।

 

बाह्र चौध उमेर पुगे बिहे गर्ने सोच्छन

S,M,C ले चिट चोराउने अनेक जुक्ति खोज्छन

परीक्षामा पुलिससँग घम्सा घम्सी सधैं

यस्ता स्कुल सुधार गर्ने साहस अझै ।।

बल्ल पो पिर पर्न थाल्यो, त्यसै हो यि स्कुल बिग्रेको

S,M,C गतिलो छैन, के लाग्थ्यो शिक्षकले भनेको ।।

 

दश कक्षामा पढाउनु A, B, C, D, E, F

स्कुल आउँछन जोडि बाँधी BF अनि GF

पढन तिर ध्यानै छैन जति गरे पनि

लौ प्रभु थाकि सक्यौं हामी भनी भनी ।।

बल्ल पो पिर पर्न थाल्यो, त्यसै हो यि स्कुल बिग्रेको

विध्यार्थी गतिलो छैनन, के लाग्थ्यो शिक्षकले भनेको ।।

 

कहिले तातो कहिले चिसो फेरी के के बिदा

विध्यार्थी के पढथे होला शिक्षक नै हिँडदिँदा

प्रा बि छन मा बि धान्ने त्यसमै उच्च पनि

के गरेर स्कुल बन्ने छक्कै पर्छु नि ।।

बल्ल पो पिर पर्न थाल्यो, त्यसै हो यि स्कुल बिग्रेको

सब शिक्षक गतिलो छैनन, के गर्थे विध्यार्थी भनेको ।।

 

कतै बस्ने ठाउँ मिल्दैन कतै कोठा खाली

कोही भैंसी चराउने कोही लगाउने बाली

बाह्र थरी शिक्षक राख्छन सबै मनोमानी

छिर्छन कक्षा आफू खुसी Subject छानी छानी ।।

बल्ल पो पिर पर्न थाल्यो, त्यसै हो यि स्कुल बिग्रेको

शिक्षक नै प्रयाप्त छैनन, के मान्थे विध्यार्थी भनेको ।।

 

नीति नियम बनाउने राजधानी हेरी

स्कुल आउँछन विध्यार्थी नि दिन बार फेरी फेरी

स्रोत साधन जस्का बढि थप्छन फरी उतै

योजना चाहिँ हुनुपर्ने सबका छुट्टा छुट्टै ।।

बल्ल पो पिर पर्न थाल्यो, त्यसै हो यि स्कुल बिग्रेको

योजना गतिलो छैनन्, के लाग्थ्यो शिक्षकले भनेको ।।

 

कहिले खेतमा ज्यावल बोकी कहिले वन तिर

स्कुल आए नी साधन हुन्नन कति लिनु पिर

पढन लेख्न के को आउनु ब्रेक लिँदा लिँदा

उनको कामै पूरा हुन्न सजिलो नि दिँदा ।।

बल्ल पो पिर पर्न थाल्यो, त्यसै हो यि स्कुल बिग्रेको

विध्यार्थी अर्कै काम गर्छन के बुझ्थे शिक्षकले पढाको ।।

 

मास्टर तिमले पढाएनौ भन्दै आउने गेटमा

नचाहिदा कुरा गर्ने हरेक पटक भेटमा

कुरा कल्यै बुझ्ने हैन आफै जिद्दी गर्ने

पढने माहोल बनाउदैनन् बच्चा क्या री पढने ।।

बल्ल पो पिर पर्न थाल्यो, त्यसै हो यि स्कुल बिग्रेको

Parents नै सचेत छैनन के बुझ्थे बिध्यार्थी पढाको ।।

 

कार्यकर्ता स्कुल छिर्छन पार्टी झण्डा बोकी

आफ्नै कुरा लादने गर्छन टेबल ठोकी ठोकी

जान्ने बुझ्ने मान्छे चाहिन्न तान्ने कार्यकर्ता

स्कूल क्या री बन्छन होला सबले यस्तो गर्दा ।।

बल्ल पो पिर पर्न थाल्यो, त्यसै हो यि स्कुल बिग्रेको

S,M,C अबरोध गर्छ, के लाग्छ शिक्षकले भनेको ।।

 

समुदाय बाहिरै बस्छ चासो आफ्नै काममा

ट्वाइलेट, धारो कागज भरि छैनन रियल ठाममा

झ्याल ढोका फोडि दिन्छन आफ्नो ठान्ने छैन

सधैं यस्तै भएपछि स्कुल बन्ने हैन ।।

बल्ल पो पिर पर्न थाल्यो, त्यसै हो यि स्कुल बिग्रेको

समाज नै सचेत छैन, के लाग्थ्यो शिक्षकले भनेको ।।

 

 

सबैजना सचेत भए हुन्थ्यो होला राम्रो

को ले गर्ला लेखाजोखा पसिनालाई हाम्रो

सबको इफोट मिल्यो भने राम्रो हुन्छ पक्कै

बनाउछौं भन्ने आसले म भएको ढुक्कै ।।

बल्ल पो पिर पर्न थाल्यो, त्यसै हो यि स्कुल बिग्रेको

सबैले साथ दियो भने बनाउँछौ हामीले भनेको ।।

No comments:

Post a Comment

Mother

  Tears soak the path I wait upon—shadowed by your grace,   May I remain a child forever, nourished by a mother’s embrace.   And with my fat...