Invalid Comparison
- Bhim Parjol
Non transmitting the Voice in vain
Formation, Step to step my own,
The Soul rejects! Shadow the power,
Thoughtless income is banned,
How to accept the Change?
Change- Revolution- Clash,
Salvation or Revolution
Vice versa
What?
Neither differ the Death
Blocked the source of survival
Luxuries of sustainability
tease me from the distance
How can I dare?
Communist!
Farce more faded
Exclusion, pang the identity
Forbids the way of freedom in cage,
As the Vacuum Death
What else required?
Don't chase by Red,
System of Tri
Nor concern Me,
Changed into Blue,
Blood circulate blue as well
Comforts my sweat, its best smell
For the bitter existence
And the Nap
Shrink the being of existence of the interpretation
Purity converted the survival
Nether I support blindly
Nor I oppose bluntly
Absence of Slogans
Fear Fire Fossil torch abandoned
How to fire the hearth
solution of committee
one of the single one
Existence by carrying
Why you multiply ?
Can't be the Communist your Own !
मुक्तक
मोल मोलाइ चल्छ खुलेआम मेरो बजारमाभगवानको नि हुन्छ लिलाम मेरो बजारमा ।।
तिमीले राक्षश भनि कुलेलम ठोक्छौ खूलेरैहामी त पूजा गर्छौँ धुमधाम मेरो बजारमा ।।
उत्पिडन
- भीमप्रज्वल
क्रान्ति पुत्र जन्मिएको छ - आशा पलाएको छ
हजुरबाले समयमै सुनेको भए
बोल्सेभिक क्रान्तिमा सामेल मेरा हजुरबा
एउटा सिंगो इतिहास बोकेर जमेका हुन्
बिलाएको कयौ समयपछि जमीन आइपुगेका रे
म त श्रोता हो ।
बाले कहानी बनाउनु भएको थियो - या साचो बोल्नु भो
हजुरबाको मुहारमा करोडौको हासो थियो रे
मेरा प्रश्नले बा झस्कनु भो !
करोडौ ?
संख्या त जति भने पनि एकै हो
मुल्य त सबैले बोकेको हुन्छ
सम्पति ?
बा क़ा आखाको गहिरो कुण्डमा आगो निस्केथ्यो
वितृष्णाको
एक छाक टार्न बारीको कान्ला कान्ला चाहर्ने
हरित क्रान्ति बीर !
संसार सबै हाम्रै – जित्नमात्र बाँकी
जितका लागि कयैं पुस्ताको बाजी थाप्नु पर्ने
खाका नभएको
जग नभएको
भित्ता नभएको
हावाले उडाएर लैजाने छानो बनाउने मेरा बा
आगो ओकलीरहेका छन्
म अलिकति सिमाना बनाउछु
मेरो उडान पनि भर्नु छ !
बाको जन्मले अनेकौ सम्भावना बोकेथ्यो
हजुरबाले एक दशक पछि पत्ता लाउनु भा को
प्रयोगशालामा परिक्षित
बिचारमा क्रान्ति
क्रान्तिले जन्माएको
हजुरआमालाई क्रान्तिको भारी बोकाएर
बिलाएक़ा हजुरबा
स्पातसंग लेप लाउन गाथे रे
दशक पछि बाको अगमनके धुलौटो कोरेर
तिथिले - संसार पल्टाएको साइत जुरेछ
हजुरबाको खुसि तेतिखेरै नापिएको हो
बाले मूल्य सम्पतिमा साटे
मैले पहिलो पटक बाण चलाएँ ।
हजुरबाके कार्यशालामा
भुरामा प्राण हालेछन
पड्किन सिकाएको त कडकिएछन
सबै आफ्नै बाँसुरीमा नाचेपछि
हजुरबा बिरक्त्तिए - सान्त्वनामा बा थपिए
म बैद्य बन्छु
हो मेरा बा बैद्य हुन्
अनेकौ बुटीको ज्ञान पाए
प्रकार प्रकारका बिमारी चिने
हजुरबाको करामत
बा त क्रान्तिका ज्वारभाटा बने
मलार्इ दिनानुदिन पोलिरहेका छन ।
झारफुक – मुर्दाबाद
बाले स्वीकार गरे
बुटीके ज्ञान
व्यवहारमा अर्कैके प्रयेग
अरूले परिक्षण
सहि निस्किए – बाको ओखती
गलत– बा भन्दा बाहिरी दुनियाँ
बिलायो
भने जसरी प्रयोग भएन
सूर्यको बढि प्रभाव परयो
झरीमा भिज्यो
आफ्नै सुरमा गायो
के के के के
मैले कान दिन्छु ।
बाको भट्टीमा म परेन
म पनि खारिन पर्ने हो क्रान्ति पुत्रको
म खारिएन
मैले बिरासत नबदलेर
बिज्ञापन भैदिएँ
– क्रान्ति पुत्र
आफ्नै वंशको छापा
बाको सुगन्ध भिरेर
हजुरबाको मुस्कानको पिडा बोकेकै छु
बाको आँखामा ।
मैले कनिकाको कण छुट्याउनु पर्ने
तितेपाति र कुरिलो केलाउनु पर्ने
लौंठसल्ला, धुपी, जामुनहरूके बिज
छाला काढेर राखिएका सुकुटीहरू
आन्द्राभुडी निकालिएका मेरा बन्धूहरू
सयैं ठाउँमा सिंचन नभएको अमाको शरिर
कान्छाको शरिरमा वृद्धिदर हेर्न –
सजाइएको ज्यूँदो – कंकाल
बाको बिरासत
हजुरबाको जग
क्रान्तिको मेलो
अशक्तमा बाले तन्दुरूस्तीको बुटी
उफ !
कयौंपल्ट बाँजके खोटो बोकियो
हँसिया र कोदालो उधाइयो
गोरूको पुच्छर निमोठियो
बाको बैद्यगिरी
आमाले बिसाएको पिडाको स्वाद–
औषधिको प्रचारमा बाले तुल ल्याए
हामीले झण्डा सिलायौं
भाइबहिनीलार्इ भोटो बनाएर
ओखती बोकिरहयौं ।
क्रमश .....
रचना मिति ः २०६५ असार २३
चम्किन थाले तिनै बस्तीहरूमा
जहाँ,
सरकारको बेवास्ता
दमन, अन्योल, अत्याचार
सामाजिक भेदभावले जरा गाडेको
जहाँका मान्छेको श्रम पसिना चल्थ्यो
पानी नचलाई
अलपत्र पारीएका बस्तीहरू
चेपाङको समुदाय
पूर्वी पहाडका बस्तीहरू
कर्णाली, उत्पिडित क्षेत्र
तराईका आदिवासी बस्तीहरू
सेति महाकालीका गाउँहरू
ठालु सामन्तका बिर्ताहरू
थारूहरूका - कमैयाँका पिडा
पहाडका दलित बस्तीहरू
मधेसी
झापाका धिमालहरू
उपल्लो किराँतका किराँती गाउँहरू
रोल्पाका मगर बस्तीहरू
जहाँ
सरकारको उपस्थिती
अन्याय अत्याचारमा हुन्थ्यो
युवतिको बलात्कारमा हुनथ्यो
गरिब, दलितमाथिको शोषणमा हुन्थ्यो
सामन्तबादी सोचमा हुन्थ्यो
हुने खानेका घर आँगनमा हुन्थ्यो
भष्ट्राचारीका पेटमा हुन्थ्यो
अत्याचारीका अत्याचारमा हुन्थ्यो
ठालु महन्तका जुँगामा हुन्थ्यो
गरिब कैद गर्ने बोलीमा हुन्थ्यो
तर
जनताका दुःखमा सरकार अनभिज्ञ
जातजाति विभेदमा बिमुख
बलत्कारीको संरक्षणमा
अत्याचारी, भष्ट्राचारीको अभिनन्दनमा
डण्डा प्रहारमा मुक दर्शक ।
हो
त्यही
शासन सत्ता ढलाउन
जनताको सत्ता स्थायीत्व गर्न
शासन संचालनमा
त्यहि दवित वर्गको प्रतिनिधित्व गर्न
सामाजिक विभेद अन्त्य गर्न
ड्याँङ ड्याँङ पडकिन थाले बमहरू
भटटटटट चल्न थाले मेसिन गनहरू
सामन्तका किल्लाहरूमा
भष्ट्राचारीका महलहरूमा
बलात्कारीका कोठिहरूमा
ढाल्न थाले अत्याचारी सरकारका पहरेदार
पल्टाउन थाले विकृतिले जडित समाज
रोक्न थाले जाँड रक्सीको खेल
जुवा तासको व्यापार
नग्न स्त्रीको नृत्य
पडकिन थाले यूवाहरू
दुस्मनका बङ्करहरूमा तोप गोला सरी
काप्न थाले दुस्मनहरू
आँधि हुरीमा रूख ढलपलाए जस्तै गरी
उत्रको जनबल रोक्न गाह्रो भो
बहुमतको चाहना इन्कार्न
सक्दैनथ्यो सरकारले
र
दिउसै अन्धकार पार्न थाल्यो
बम बारूदले जलाउन थाल्यो गाउँबस्ती
निर्दोषको चिहान बनाएर
नावालकहरूको हत्या गरेर
किशोर बालिकाको बलत्कार गरेर
बिध्यार्थीको छाला काढेर
किसानका गोरू जोत्ने हात काटेर
हथोडा चलाउने मिजार दाइका
रनमा बम बिष्फोट गराएर
कहिल्यै रूकुमको खारा
कहिल्यै रोल्पाको जलजला
कहिल्यै नाैमुलेका बस्तीहरू
उत्पिडित कालिकोटाका बस्तीहरू
काभ्रेका दलित बस्ती
कहिले ओखलढुङ्गा
कहिले उदयपुर
कहिले भीमदत्तका बिद्रोही गाउँहरू
तराइका थारू बस्तीहरू
तामाङका दुर दराजका बस्तीहरू
जल्न थाले गाउँ बस्तीहरू
बम बारूदको धुवाँमा
निस्सासिएका जनता
हँसिया हथाैडा कोदालो बोकेर
निरिह सरकारको सत्ता पल्टाउन
जनताको शासन चलाउन
स्कुल प्रशिक्षण केन्द्र बनाएर
किसानका बारी परेडका मैदान बनाउदै
थाक्यो सरकार
र
झुक्यो जनता सामु
लाचार भएर
घुडा टेक्यो बादशाहले
घोडाबाट ओर्लिएर
सकिए उसका दिनहरू
सकिए भष्ट्राचारीका बासस्थान
ढलपलाउदै बोल्न थाले
जनताको बिजय भयो ।
हर्ष विभोर मनहरू
पिडा बेदनाबाट टाढा राख्दै
सहिदको रगतको सम्मान गर्दै
बिद्रोहका झण्डा उचालि रहेकाछन
चुडिएका मुटुका टुक्रा गाँस्दै
नयाँ नेपालको सपना बोकी
लडिरहेका योद्धाहरू
दिनरात संघर्षमै छन
एकसरो कपडा र पालको छानो मुनि
शान्ति फूलाउन ओत लागिरहेका छन
त्यहि प्लाष्टिकका छाप्राहरूमा
युद्ध मात्रै होइन
राजनितिको कला सिक्दै
लेख्दै जनताका गितहरू
किसानका बिरहहरू
माग्नेका पिडाहरू
बरोजगारका दर्दहरू
दलितका दबिएका भावना
पल्टाइएका छन युद्धका डायरीहरू
मञ्चन गरीदैछन युद्धताका कलाहरू
जनताको दुःख व्याथा
भष्ट्राचारीका काला कर्तुत
अत्याचारीका अत्याचारहरू
सिकाइन्छन जनउन्मिक्तिका कुरा
देश प्रेमका कुरा
भातृत्वका कुरा
नयाँ युगका कुरा
समुन्नत समाजका कुरा
धैर्यवान योद्धाहरू
विजयको चुलि चढदैछन
बीरहरूको गाथा गाउदै
सहिदको मार्गमा चल्दै
रोइरहेका बस्ती हँसाउन
पुछिएको मुहारको हाँसो
फिर्ता ल्याउन
रक्तरंजित मजदुरको झण्डा बोकी
हिँडिरहेका छन प्रगतिपथमा
बिजयका चरमचुलीमा
बिजयका चरमचुलीमा !!
रचना मिति ः २०६५ असार २३
बाटो
विद्रोहका ज्वालाहरूचम्किन थाले तिनै बस्तीहरूमा
जहाँ,
सरकारको बेवास्ता
दमन, अन्योल, अत्याचार
सामाजिक भेदभावले जरा गाडेको
जहाँका मान्छेको श्रम पसिना चल्थ्यो
पानी नचलाई
अलपत्र पारीएका बस्तीहरू
चेपाङको समुदाय
पूर्वी पहाडका बस्तीहरू
कर्णाली, उत्पिडित क्षेत्र
तराईका आदिवासी बस्तीहरू
सेति महाकालीका गाउँहरू
ठालु सामन्तका बिर्ताहरू
थारूहरूका - कमैयाँका पिडा
पहाडका दलित बस्तीहरू
मधेसी
झापाका धिमालहरू
उपल्लो किराँतका किराँती गाउँहरू
रोल्पाका मगर बस्तीहरू
जहाँ
सरकारको उपस्थिती
अन्याय अत्याचारमा हुन्थ्यो
युवतिको बलात्कारमा हुनथ्यो
गरिब, दलितमाथिको शोषणमा हुन्थ्यो
सामन्तबादी सोचमा हुन्थ्यो
हुने खानेका घर आँगनमा हुन्थ्यो
भष्ट्राचारीका पेटमा हुन्थ्यो
अत्याचारीका अत्याचारमा हुन्थ्यो
ठालु महन्तका जुँगामा हुन्थ्यो
गरिब कैद गर्ने बोलीमा हुन्थ्यो
तर
जनताका दुःखमा सरकार अनभिज्ञ
जातजाति विभेदमा बिमुख
बलत्कारीको संरक्षणमा
अत्याचारी, भष्ट्राचारीको अभिनन्दनमा
डण्डा प्रहारमा मुक दर्शक ।
हो
त्यही
शासन सत्ता ढलाउन
जनताको सत्ता स्थायीत्व गर्न
शासन संचालनमा
त्यहि दवित वर्गको प्रतिनिधित्व गर्न
सामाजिक विभेद अन्त्य गर्न
ड्याँङ ड्याँङ पडकिन थाले बमहरू
भटटटटट चल्न थाले मेसिन गनहरू
सामन्तका किल्लाहरूमा
भष्ट्राचारीका महलहरूमा
बलात्कारीका कोठिहरूमा
ढाल्न थाले अत्याचारी सरकारका पहरेदार
पल्टाउन थाले विकृतिले जडित समाज
रोक्न थाले जाँड रक्सीको खेल
जुवा तासको व्यापार
नग्न स्त्रीको नृत्य
पडकिन थाले यूवाहरू
दुस्मनका बङ्करहरूमा तोप गोला सरी
काप्न थाले दुस्मनहरू
आँधि हुरीमा रूख ढलपलाए जस्तै गरी
उत्रको जनबल रोक्न गाह्रो भो
बहुमतको चाहना इन्कार्न
सक्दैनथ्यो सरकारले
र
दिउसै अन्धकार पार्न थाल्यो
बम बारूदले जलाउन थाल्यो गाउँबस्ती
निर्दोषको चिहान बनाएर
नावालकहरूको हत्या गरेर
किशोर बालिकाको बलत्कार गरेर
बिध्यार्थीको छाला काढेर
किसानका गोरू जोत्ने हात काटेर
हथोडा चलाउने मिजार दाइका
रनमा बम बिष्फोट गराएर
कहिल्यै रूकुमको खारा
कहिल्यै रोल्पाको जलजला
कहिल्यै नाैमुलेका बस्तीहरू
उत्पिडित कालिकोटाका बस्तीहरू
काभ्रेका दलित बस्ती
कहिले ओखलढुङ्गा
कहिले उदयपुर
कहिले भीमदत्तका बिद्रोही गाउँहरू
तराइका थारू बस्तीहरू
तामाङका दुर दराजका बस्तीहरू
जल्न थाले गाउँ बस्तीहरू
बम बारूदको धुवाँमा
निस्सासिएका जनता
हँसिया हथाैडा कोदालो बोकेर
निरिह सरकारको सत्ता पल्टाउन
जनताको शासन चलाउन
स्कुल प्रशिक्षण केन्द्र बनाएर
किसानका बारी परेडका मैदान बनाउदै
थाक्यो सरकार
र
झुक्यो जनता सामु
लाचार भएर
घुडा टेक्यो बादशाहले
घोडाबाट ओर्लिएर
सकिए उसका दिनहरू
सकिए भष्ट्राचारीका बासस्थान
ढलपलाउदै बोल्न थाले
जनताको बिजय भयो ।
हर्ष विभोर मनहरू
पिडा बेदनाबाट टाढा राख्दै
सहिदको रगतको सम्मान गर्दै
बिद्रोहका झण्डा उचालि रहेकाछन
चुडिएका मुटुका टुक्रा गाँस्दै
नयाँ नेपालको सपना बोकी
लडिरहेका योद्धाहरू
दिनरात संघर्षमै छन
एकसरो कपडा र पालको छानो मुनि
शान्ति फूलाउन ओत लागिरहेका छन
त्यहि प्लाष्टिकका छाप्राहरूमा
युद्ध मात्रै होइन
राजनितिको कला सिक्दै
लेख्दै जनताका गितहरू
किसानका बिरहहरू
माग्नेका पिडाहरू
बरोजगारका दर्दहरू
दलितका दबिएका भावना
पल्टाइएका छन युद्धका डायरीहरू
मञ्चन गरीदैछन युद्धताका कलाहरू
जनताको दुःख व्याथा
भष्ट्राचारीका काला कर्तुत
अत्याचारीका अत्याचारहरू
सिकाइन्छन जनउन्मिक्तिका कुरा
देश प्रेमका कुरा
भातृत्वका कुरा
नयाँ युगका कुरा
समुन्नत समाजका कुरा
धैर्यवान योद्धाहरू
विजयको चुलि चढदैछन
बीरहरूको गाथा गाउदै
सहिदको मार्गमा चल्दै
रोइरहेका बस्ती हँसाउन
पुछिएको मुहारको हाँसो
फिर्ता ल्याउन
रक्तरंजित मजदुरको झण्डा बोकी
हिँडिरहेका छन प्रगतिपथमा
बिजयका चरमचुलीमा
बिजयका चरमचुलीमा !!
No comments:
Post a Comment