Sunday, February 22, 2026

गजल



मेरो हिडने मूलबाटोको ध्रुवतारा तिमी । 

अश्र, रोदन, हाँसो, खुसी एकमै सारा तिमी ।।


डगमगाउदा अस्तित्वको भार उठाइ दिने 

कर्तव्यबोध जीवन ज्यूने हौ साहारा तिमी ।।


लुप्त हौंला, विलुप हौंला, जुलुस बने पनि 

जीन्दगीलाई बोकि हिडने अभिभारा तिमी ॥


बुँद बुँद बनी भर्न मैले के सकौंला प्यारी 

प्रखर सौम्य पूर्ण भा'को प्रेमिल धरा तिमी ।।


No comments:

Post a Comment

Birthday and Cake

  Sunil and Sadhana are still young. At home, even in their butterfly games, cakes play a role. They study in a private school. Along with t...