Saturday, February 21, 2026

शक्ति र शास्त्रको मौनता

 



खस साम्राज्यको प्रकाश - 

पहाडको छायाँ र तराईको श्वास 

गाउँको माझमा एक थान खास 

धूपको धुवाँ र दमाहको आवाज 

कम्पायमान भइरहेको छ आकाश ! 

 

मन्दिर अगाडि ढुङ्गामा, 

हजुरबाको काखमा सानो नाति, 

डरको छाया, 

पुरानो व्यथा - कथा

एकैसाथ उभियो फरक नयनमा  

 

 हजुरबा !

किन बलि लिन्छिन बामनी बज्यै? 

किन दमाह बज्छ, किन रगत बग्छ?” 

किन लगाइन्छ ठूलो भाग

कसले खान्छ

पुजारी बा

वा बामनी बज्यै !

हजुरबाको गहिरो स्वाससँग 

नामेट इतिहासको गह्रुङ्गो भारी

कसले बोक्छ अब ! 

 

सुन बा -

एक कथामा

अवतरित भएको धमिलो छाया

भौतिक वा अभौतिकको माया

शस्त्र र शास्त्रको कुस्ती

पिसिएको अवला

कसरी बुझ्छौ

यो बलि

वंशको अभिशाप भनेर !

 

बलवान समय हो - 

शक्ति सम्पन्न सेनापति, 

शस्त्र बलमा गर्व गर्ने - 

शास्त्र सम्पन्न पण्डित, 

तन्त्र! मन्त्र! यन्त्र!

स्वनियन्त्रण

ज्ञानको गौरव - नयनमा  

अग्नी र पानी एकैसाथ उभ्याउने !

 

दुबै भिडे  

शक्ति! न्यो -रबार संसार हो 

शास्त्र ! भन्यो ज्ञानमा संसार उभियो -

टकरावको बिचमा 

अन्जान असाहाय्य

बामनी बज्यै

अर्जापेको हतियार

असाहाय्यबाटै

बज्रिएपछि उनी उपर

रगतको खोला बग्यो !

अहो ! यो बलि के हो र !

 

रगतसँगै श्राप उदायो   

शक्ति सम्पन्नको वंशनाश -

शास्त्र सम्पन्नको ज्ञान निष्काम

गाउँले आहान बनायो

निर्दोषको रगतमा, 

शक्ति र शास्त्र निष्काम भयो 

 

गाउँ अभिशप्त भयो 

फसल फूलमा बदलियो

महामारी महत्वहिनता

शृङ्गार 

डरमा जीवन भिमकाय बन्यो !

 

पाप धोइदिन बलि चढ्यो होला 

जसको आवाज छैन -

बलि पापको सम्झना भयो कि बिर्सना ! 

दमाह बज्यो, धूप बल्यो, 

हात जोडेर प्रार्थना भयो

पश्चाताप हो कि बिलौना -

प्रार्थनाभित्र डर मिसियो

बनाए कि प्रथा-

म कसरी बताउँ !

तैँले के बुझ्लास !

देउ देउताले नबुझेको

शक्तिको कथा । 

 

बालसुलभ प्रश्न काँपेर

जवाफ नाजवाफ

ओइरिएपछि,

बलिले पाप धुदैन भने 

किन भइरहन्छ पुनरावृत ?” 

 

हजुरबाको मौनतामा

उत्तर फेला परेन   

आँखा आँसुले डम्म भए !

कुनै यस्तै डम्ममा

बामनी बज्यै बिलाइन कि ?

बाबु, सत्य स्वीकार्य छैन   

डर हाम्रो जीवन हो -

यसमा हामी बाँच्छौं ! 

 

याद राख -   

शक्ति र शास्त्र दुवै फेल हुन्छन् 

निर्दोषको रगतमा

दोहोरिए पनि घटना

अनेकानेक रुपमा  

 

हाम्रो कमजोरीको लुकाउन

प्रतीक बनाउने रिति 

तोडन सक्छौ ?   

सत्य स्वीकारेर !

बामनी बज्यै -

उनको पीडा -   

होला अभिषापको अन्त्य ! 

 

धुपको सुगन्ध

दमाहको क्रन्दन

चिसो थानको ढुङ्गा

मनमा 

नयाँ आगो बलिरह्यो   

सत्यको आगो

पिडाको आगो  

अभिशाप तोड्ने आगो

बाँकी छ सारा

कुन आगोले मुर्त रुप लिन्छ । 

 

 

 

No comments:

Post a Comment

शक्ति र शास्त्रको मौनता

  खस साम्राज्यको प्रकाश -   पहाडको छायाँ र तराईको श्वास   गाउँको माझमा एक थान खास   धूपको धुवाँ र दमाहको आवाज   कम्पायमान भइरहे...