समिपै रहेर त्यो स्पन्दन सुन्न मन छ।
के भन्छ मेरो प्रिय मन सुन्न मन छ।
नयनमा सागर हुलेर तस्विर दिने
प्रेमको अनुपम वर्णन सुन्न मन छ ।
तिमी नाप्नु तौल गर्नु क्षेत्र तोक्नु खुलेरै
भयो प्रणयको आयतन सुन्न मन छ ।
ताराको उज्यालोमा जूनसँग लुकामारी
अद्भूत हो मोहित गगन सुन्न मन छ ।
स्वासको अन्तिम रागबाट निस्केने धुन
मेरो प्रिया प्रेमिल वचन सुन्न मन छ ।
द्वैत रुप समिश्रण अद्वैत बने पछि
अस्तित्व दम्भको समर्पण सुन्न मन छ ।
No comments:
Post a Comment