Tuesday, February 24, 2026

गजल

 



आधा संसार मलाइ देउ आफू राख आधा 

म बनुला कृष्ण प्यारी तिमी बन राधा ।।


सुगम सौम्य कहाँ होला जीन्दगीको यात्रा 

हाँसी खुसी जीवन ज्यूँला पन्छाएर बाधा ।।


तिमी विना मेरो मात्रै अस्तित्व होला र? 

लोकले जानोस हाम्रो राम सीता झैं गाथा ।।



अद्वैत बनोस अस्तित्व स्ववशमा कर्म  

योद्धा मात्र चुम्न सक्ने प्रेम सगरमाथा ।।



एक्लो द्यौता, देवी हौ नि प्रेम मन्दिरको 

 त्यो प्रेमको पुजारी म, पुज्न पाउँ सदा ।।


No comments:

Post a Comment

आत्मस्वीकृति

  सघन उपचार कक्षको ढोका बाहिर बस्दा उन्नती को मनमा अनगिन्ती प्रश्नहरू घुमिरहेका थिए। भित्र रकुल,   उनको श्रीमान बेहोसीमा छट...