Wednesday, July 26, 2017

गजल

एउटा किरण निस्क्याे बल्ल छापामारकाे बस्तीभित्र ।
झुल्कियाे घाम झलमल्ल छापामारकाे बस्तीभित्र ।।

गाेलीहरू शब्द बन्थे, अावाज बन्थे संगिनहरू
शस्त्र भए असरल्ल छापामारकाे बस्तीभित्र ।।

शुली चढने , ताेपमा जीउने अाधार खाेज्ने छालहरू
सधैं चल्थ्याे हल्ला खल्ला छापामारकाे बस्तीभित्र ।।

निसाना जब अचुक लगायाे वाणिले युग हाँक्ने
भएन काेहि हलचल छापामारकाे बस्तीभित्र ।।

जन्मदिन र केक

  सुनिल र साधना सानै छन । घरमा पुतलीको खेलमा पनि केक खुबाउछन । निजी विद्यालयमा पढछन । बा - आमाको मायाको टुक्रा त छदैछन हजुरआमाको साथी , शिक...