Monday, September 7, 2020

प्रमाण

 चाहेजति स्वास भरिरहेका छाैं, बाँचेको प्रमाण हो ।

ज्यूँदैछाैंको भ्रम छरिरहेका छाैं, बाँचेको प्रमाण हो ।।


पाइलै पिच्छे सफलता कहाँ होला उदेश्य बिना खै ?

पलपल सधैं मरिरहेका छाैं, बाँचेको प्रमाण हो ।।


खुसी त्यागेर सुखको खोजीमा भाैतारियाैं जब,

दुःखको भुमरी परिरहेका छाैं, बाँचेको प्रमाण हो ।।


जीवन बाँच्याैं वा बाँचेजस्तो मन्चन भयो थाह छैन ,

बाँचे जस्तो भने गरिरहेका छाैं, बाँचेको प्रमाण हो ।।

जन्मदिन र केक

  सुनिल र साधना सानै छन । घरमा पुतलीको खेलमा पनि केक खुबाउछन । निजी विद्यालयमा पढछन । बा - आमाको मायाको टुक्रा त छदैछन हजुरआमाको साथी , शिक...