Monday, September 7, 2020

प्रमाण

 चाहेजति स्वास भरिरहेका छाैं, बाँचेको प्रमाण हो ।

ज्यूँदैछाैंको भ्रम छरिरहेका छाैं, बाँचेको प्रमाण हो ।।


पाइलै पिच्छे सफलता कहाँ होला उदेश्य बिना खै ?

पलपल सधैं मरिरहेका छाैं, बाँचेको प्रमाण हो ।।


खुसी त्यागेर सुखको खोजीमा भाैतारियाैं जब,

दुःखको भुमरी परिरहेका छाैं, बाँचेको प्रमाण हो ।।


जीवन बाँच्याैं वा बाँचेजस्तो मन्चन भयो थाह छैन ,

बाँचे जस्तो भने गरिरहेका छाैं, बाँचेको प्रमाण हो ।।

कल्याणको छायाँ

  लामाचौरको कल्याण मा . वि . मा अंग्रेजी शिक्षकको पद रिक्त भयो। नियम अनुसार स्थायी शिक्षक सरुवाको माध्यमबाट भर्ना गर्नुपर्ने ...