Thursday, March 7, 2024

सडक चिन्नुहुन्छ

 



महेन्द्र ताजले नाक छोप्छन आकाश खुलेपछि ।।

त्रिभुवन टाफिको नाउमा नौविसेमै भुलेपछि ।।


अरनि‌को तातोपानी टिटी खेल्छन त्रिशुल बोकि 

पृथ्वीले टिका लगाई कार चलाउदै डुलेपछि ।।


मदन आश्रित मासको तास‌मा विपि थप्ने अण्डा 

मेची तिर नास्पतीमा अक्टोपसलाई हुलेपछि


कोशी पुलमा टिटी सोच्छ सूर्य लाइ रसी के को? 

नास्पतीलाई हातमा समाई सगरमाथा चुलिएपछि।।


टफि घाममा राख भन्छन झुमालाई सिद्धार्थ 

टोपी सँगै प्यारो छाता राप्तीले बटुलेपछि ।।


रत्नसंग अरनिको टिटि खेल्ने त्रिशुल बोकी 

कर्णालीको नाम चम्काउने आँखाहरु खुलेपछि ।।


तरबार हातमा बोकि महाकाली पार नगर्नु 

पिसाब छर्छन सेती तिरमा अज्ञानतामै झुलेपछि।।

Friday, March 1, 2024

स्वाभिमानी नबन्ने हो र?

 पराइ प्यारो लाग्छ पराइको पन प्यारो लाग्छ ।

आफ्नो त्यागेर अर्कैको सम्मोहन प्यारो लाग्छ ।।


हामी परचक्रिको चङ्गुलमा यसरी फसिसक्यौ,

त्यागौं भन्दा नि नहुने परिवेश, झन प्यारो लाग्छ ।।

Ban on Rationality

My eyes are but of flesh,   no doorway to wisdom   is granted me.   Yet tell me—   though branded unreasoning,   I can still press forward, ...