मन्दिरमा गजुर त घरको हुन्छ छानो ।
अरू मलाई दिव्य भन्छन आमाको हुँ सानु ।।
स्कुल जान्छु झोला बोकि ताजा खाना खाई
साथीसंग मिली खेल्छु पढछु रमाई रमाई।।
सागपात फलफूल सधैं खान्छु सफा लुगा लाउँछु ।
खुसी हुँदा मुस्कुराउँछु मन रमाउदा गाउँछु ।।
पढने लेख्ने खेल्ने सिक्ने यति मेरो काम हो ।
केटा हुँ म एक कक्षाको दिव्य मेरो नाम हो ।।