Monday, February 17, 2025

आधार

 मेरो ज्यूने मर्ने साहारा तिमी हौ  ।

यो पूर्ण जीवनको आधार तिमि हौ ।।


बगे पनि किनार किनार हुँदै 

डो‌र्याउने मियो मझधार तिमि हौ ।।


उडौं न हलुंगो बादलको माथि 

फुल्ने जीवन‌को बहार तिमी हौ।।


जहाँ पुगें पनि फिक्का लाग्ने मात्र 

सधैं आफ्नो लाग्ने संसार तिमी हौ।।

Ban on Rationality

My eyes are but of flesh,   no doorway to wisdom   is granted me.   Yet tell me—   though branded unreasoning,   I can still press forward, ...