झिलिमिली
उज्यालोको लोभमा
देशका नशामा बुर्कुसी मार्ने
चट्याङको तेज नाघ्ने
दिन को ज्ञान लुप्त पारेर
ढकढकाएन प्रज्ञाको दैलो
बरु आग्लो लगाएर
पराइको आगनमा
रमाउन पुगें
दाइ भन -
के मैले प्रज्ञा चक्षु चिम्लेकै हो त ?
या मेरो प्रज्ञाले खोल्न जानेन
अर्धमुर्छित नयनहरू !
भनौला - हो
म यो जवाफसँग साइनो गास्न सक्दैन
किनकी
स्वचेतनाको दियो निभाउने
परिवेशले मल दियो
चिम्लिन सिकायो नयनहरू
जसले नदेखुन गरिवी
ज्योतिमुनिको अध्यारो नदेखुन
रोग नदेखुन - अशिक्षा नदेखुन
पिडा अहो!
बेदना नदेखुन
त्यही उपचारको खातिर
चालेका पाइलाहरू हुन
भन्नुस कसरी रोकौं।