Tuesday, April 5, 2022

मेरो गोरुको बाह्रै टक्का

 ज्ञान पनि बिच्छेद भा छ हरेक व्यक्ति पिच्छे

विज्ञानकाे नि भेद भा छ हरेक व्यक्ति पिच्छे ।।


मान्छे बनेर जीवन खुसीले बाँचौं भन्यो अहँ ! 

मानवतामा खेद भा छ हरेक व्यक्ति पिच्छे ।।


काम, क्रोध, लोभ, मोह, मद, माश्चर्य ले भरिएर 

स्वस्वार्थ त सचेत भा छ हरेक व्यक्ति पिच्छे ।।


मैले स्विकार गर्न सकेन तर सहेकै छु के गरुँ ?

सत्य छुट्टै संकेत भा छ हरेक व्यक्ति पिच्छे ।।

Monday, April 4, 2022

रोग पालेर भएन

 


शरीर म त अब के के गर्छु गर्छु 

तलाई पनि मारी दिन्छु स्वयम् मर्छु ।।


रातभरि निद्रा छैन दिनै भरी पिडा 

निर्जन द्वीपमा थन्क्याएर अलपत्र पार्छु ।


मिष्ठान्न परिकार मनै लोभ्याउने आह

टुक्रा पारी आन्द्रा भुँडी गरुडलाई छर्छु  ।।


आजित भए त देखि सकिदैन पाल्नपनि 

मिल्काएर यता कतै म त बसाई सर्छु ।।

बिद्रोह

मार्क्सका ठेली मुन्तिर  इमाइल दुर्खिम अनि  इ. वि. टाइलरको  संरचनामा  नअटेपछि मेरो परिवेश  कसरी अटौंला र म  महोदय ?  ॐ मणि पद्मे हुँ -  शिरमा...