Wednesday, April 9, 2025

भिड




मलाई हराउने मन लागे 

भिडमा हेलिन्छु 

स्व अस्तित्व मेटाएर 

भिड बन्छु 

यो स्वभाव हो 

जानाजान वा 

अनजानमा 

भिडमा उभिन आउँछु। 

अंश नभई बन्छु पूर्ण 

विर्सेर अस्तित्व सम्पूर्ण ।


रंगसंग खेल्नु आनन्द आउँछ 

जहाँ घोर पाप  गरे पनि 

अपराध गरे पनि 

म भागिदार ठान्दैन 

किन कि 

अस्तित्व मेटेर हुलिएको हु 

भिडमा !

त्यो भिड शक्ति हो भन्छ 

जसले दिन्छ अनेक रङ्ग 

पारेर परिवेश उद्‌ङ्‌ग 

के म स्वयम् हुन्छु मसँग ?


भिड, क्रोध, करुणा, जोश खुसी 

आदि इत्यादिको संगम लाग्छ 

सोहोरेर ल्याइदिन्छ भावहरू 

साच्चै बनाइदिन्छ परिचय

भन्छ - यो तिम्रै स्वरूप हो 

के म भिड हुँला त ?

जिज्ञासा




म हुँ बाट 

हुँ मा रुपान्तर भएर 

नाप्न स‌के उडान‌को दुरी 

कहाँ उभिन्थे होला ?


रुखमा म बिलाउँ

वा

रुख ममा विलाओस 

एक स्वरूपमा उभिन्थे कि ?


त्रिलोकको यात्रामा 

सारथीसंग एकाकार बनी 

तिनै विसौनी - जाग्रत स्वप्न र सुसुप्ति

कसरी छुट्टै उभिउँला ?


जे आउँछ त्यसैमा स‌माहित हुन 

प्रकृति हो त?

वा विज अङ्‌‌कुरणमा 

प्रकृति दोषी ?


कसरी विभेद गरौं

 हर स्थितीको एकत्व

 अनि कसरी उभिन्छु 

निजत्वमा ?



हूँ को अस्तित्वले 

ब्रहम बोक्छ हो ?

तर

 म हूँ बाट कसरी बनौं हूँ ?

Ban on Rationality

My eyes are but of flesh,   no doorway to wisdom   is granted me.   Yet tell me—   though branded unreasoning,   I can still press forward, ...