Wednesday, April 1, 2026
पूर्वज्ञान
राजेद्र र प्रकाश एकदमै मिल्ने साथी हुन । विद्यालय शिक्षा तथा उनीहरुको
बसोबास अलग अलग जिल्ला भए पनि उच्च शिक्षाका लागि दुबै जना एक शहरमा आएका थिए ।
उनीहरुको रुची, लगन र व्यवहारले मित्रता झाँगिन ठूलो समय लागेन । मान्छे दुई रुप एक जस्ता
भएका थिए । अन्य साथीहरु भन्ने गर्थे “दुई अलग परिवेशबाट आएका दुई मान्छे एक जस्तो कसरी हुन सक्छ ?”
एउटै कक्षा एउटै विषय र एकै प्रकारको सोच । गाउँबाट शहर पस्दा शहरको रमझममा
रमाउनु उनिहरुका लागि पनि नौलो भएन । अभाव र परिश्रमबाट नटाढिएका उनीहरु शहरमा पनि
परिश्रम गरेरै बाँच्ने प्रणमा थिए । कामको खोजीमा राहत दिएका थिए बजारका निजी
विद्यालयहरुले । गाउँबाट शहर अध्यायन गर्न साच्चिकै चाहनेहरुका लागि बाँच्ने आधार
बनेका थिए यि विद्यालयहरु ।
राजेन्द्र एकत्वका लागि नामाकरण भएको विद्यालयमा भाषा शिक्षक बन्यो । प्रकाश
देशभक्ति झल्काउने विदेशी भाषाको माध्याम भएको विद्यालयमा छिर्यो । उनीहरुको जीवन
रुटिनमा चल्न थाल्यो । कोठामा विभिन्न पुस्तक थुप्रिन थाले । साहित्य र अध्यायनमा
औधी रुची राख्ने स्वभावले उनीहरु विद्यालयमा पनि जिम्मेवार जस्तै बनेका थिए ।
किशोरावस्था नआउदै वयस्क बनेका उनीहरु झन जिम्मेवार बने । पढाइका अतिरिक्त
उनीहरु गतिलो आय आर्जन हुने कामको खोजीमा लागे । सँगै काम र जिम्मेवारी सम्हालेका
उनीहरु सफलता प्राप्तिमा चुके । उनीहरुको कामले प्रतिफल दिन सकेन ।
विश्वविद्यालयबाट बाहिरीसकेका थिए । कामको बोझ र असफलताले पनि दिक्क बनाइरहेको
थियो ।
दुबै जना शहरबाटको केही वर्ष पलायन पश्चात फेरी पर्किए । अब उनीहरुमा परिपक्वता
पनि आइसकेको थियो । परिश्रम, दुख र मेहनतलाई उनिहरुले कहिल्यै त्याग गरेका थिएनन् । झन जिम्मेवारी थपिएको
थियो र थियो चिप्लिएको ठाउँमा पुनः उभिने दरिलो आत्मविस्वास ।
कार्यक्षेत्र बदलियो । पहिले जस्तो बाक्लो भेट पातलिएको थियो । उनीहरु कहिले
भेटौं भनेर आतुर भइरहन्थे । भेटमा घण्टौं कुराकानी हुन्थ्यो । कुराकानी भुइँ छोडेर
कता कता पुग्थ्यो । दुबै कुराको थकान मेटथे । समय मिलाएर भेट भइरहन्यो ।
एक पटकको भेटमा प्रकाशले मान्छेको आन्तरिक शक्तिको बारेमा कुरा गर्यो । “हाम्रो शरिरमा विभिन्न काम
गर्न विभिन्न प्रकारको शक्ति चाहिन्छ । एकैनासको शक्तिले विभिन्न काम गर्दैन ।
जस्तो अहिले हामी काम गरिरहेका छौं । तिमी र म यहि सामाजिक परिवेश भित्र छौं तर
कार्य फरक फरक छन उद्देश्य एकै भए पनि ।”
उसले सोच्ने, खाना पाचन गर्ने, निस्कासन गर्ने, रक्तसंचालन गर्ने, लगायत शरिरको गति दिने शक्तिको बारेमा बतायो । राजेन्द्रलाई उसको कुरा नयाँ
लागेर ध्यानपूर्वक सुनेको थियो । भेट निरन्तरता दिने वचन सहित छुटेका थिए ।
राजेन्द्र कता कताबाट आध्यात्मिक चिन्तनमा जोडियो । उसलाई अध्यायनमा रुची
भएकाले योग र ध्यानका विभिन्न कक्षामा सहभागि हुन थाल्यो । एक पटकको कक्षामा एक
जना साधकले पञ्चप्राणको बारेमा प्रस्तुति दियो । राजेन्द्रलाई यो कुरा कताकता सुने
जस्तो, थाह पाए जस्तो लाग्यो । उसले पञ्चप्राणको ज्ञान तुरुन्तै समाउन सफल भयो ।
राति निदाउन लाग्दा उसले पञ्चप्राणको बारेमा सम्झिने प्रयास गर्यो । उदान, प्राण, व्यान, सामान र अपान । उसले
प्रत्यकको विशिष्ट कार्य पनि सम्झिने प्रयास गर्यो । तिनीहरुको कार्य केहि अगाडि
प्रकाशले भनेको हाम्रो शरिरको शक्तिसँग मिल्न गयो । प्रकाशले भनेको कुरा आज
राजेन्द्रलाई सिकाइमा सहायक भएको पायो । निदाउदै गर्दा सोच्यो पूर्वज्ञान भयो भने
त सिकाइ बलियो हुने रहेछ ।
गजल
नलिनु है कुनै पिर भन्छिन मेरी प्यारी
नझुकोस् मेरो शिर भन्छिन मेरी प्यारी
घामपानी हुरी बतास आउलान कति
बनी राख्नु सधैं स्थिर भन्छिन मेरी प्यारी
आत्मा मेरो त्यो शरिरमा बास गर्छ प्रिय
नहिड्नु है भै फकिर भन्छिन मेरी प्यारी
पुजेरै हिंड्छु देवता ठानी हजुरलाई
बन्नु हो प्रिय मन्दिर भन्छिन मेरी प्यारी
-
- Bhim Prajol Within sixty seven years of Nepali Film Industry has faced several upheavals. Nepali Film Industry was starte...
-
बल्ल पो पिर पर्न थाल्यो , त्यसै हो र यि स्कुल बिग्रेको सिस्टम नै गतिलो छैन , के लाग्थ्यो शिक्षकले भनेको ।। बाह्र च...

