Tuesday, August 27, 2019

अस्पतालकाे शैया

भारी भएको अनुहार – प्रगती झैं लाग्ने अाँखा– अागो अोकलेको बोली, क्रान्तिको झण्डा उचालेका हातहरू बाले एकहोरो हेरीरहेका छन । मलाइ निन्द्राले च्यापेको छ । बिरानो ठाउँ, नबुझिने भाषा अाँखा झिमिक्क गर्दा कतै डक्टरको अाँखा जुधे बालार्इ एक्लै बस्न पर्ला र हस्पिटलको गेटसम्म लैजान पालेहरू अउलान भन्ने तनाबको भारी !घर पनी त थिएन भन्ने एउटा धुमिलो पुनरावृति । सलाइनको सानो  बोतल लोभोफलक्सासिन सकिनै सकिन लागेको छ – बाले अाँखा घुमाउछन, घुमाउदै घुमाउदै सिलिङतिर लैजान्छन । घुम्दै गरेको पङखाले बाको खै के घुमाउछ, बा पसिना पसिना हुन्छन । बाका बिचारहरू अझैपनि पहिले झै घुमेको लाग्छ मलाइ – बाका सबै बिचारभित्र सयर गर्न सकिएन तर सहजै अनुमान लाउन सकिन्थ्यो कि बालाइ कतै पश्चातापको अगोले पोलिरहेको छ । एउटा गुमनाम परिवार कुनैबेला पर्दापण भएको र बिलाइसकेको साक्षात प्रमाण संगै भएकोले मन्द गतिमा चलिरहेको रगतमा पनि भेल बगेको सबै बेडका बिरामी र बिरामी कुरूवालाइ अभाष भैसको हुन्छ । टाउको झटकार्छन , मुठ्ठी कसेर अँखाबाट पानी नितार्छन सायद अफ्नो कर्मठ जीवनलार्इ पनि सम्झिएका होलान ।
शुन्यतामा हराउनु मेरो त एक हिसाबले बानी नै भइसकेको छ । लख काटेर दिन बिताउने, बाको पसिना , रगत, गालाको चाउरी , अाँखको चाल, बेडमा पल्टिएका अनेकाैं अासनको व्याख्या र अनुबादका लहराहरू तान्ने, डक्टरको प्रेस्क्रिप्सन बोकेर लाइमा बस्ने , सलाइनका बोतलहरू अोसार्ने, अइभी सेटको लक लगाउने र खोल्ने लगायत बाको पथ प्रदर्शक, सहायक, अासा, भरोसा सबैका भुमिका एकसाथ निभाउनु त छदै छ अाफ्ना कुन्ठित चाहनाको पोका फुकाउने रामुदाइसंग भलाकुसारी पनि दैनिक कार्यभारका विषयबस्तु भए जसमा गाइडलाइन बेग्लै थिए भने उद्देश्य र सो प्राप्तिका बिभिन्न माध्यामको जोरजाम पनि साथमै छ ।
बाका कथामा पनि अहिले अफै हिडनु पर्ने भएको छ बिभिन्न पात्रको रूपमा र कहिलेकहिँ बाँकी रहेको संसारको खोजमा जाउ जाउ लाग्छ बा को सलाइनको पाइप बन्द गराएर । जाँगर छैन । बा निदाएका बेला नजिकै रेल्बे स्टेशनमा यात्रुका झोला बोकेर र रातीको समयमा कामबाट कमाएको पैसाले डक्टरको प्रेस्क्रिप्सन पनि पूरा गर्न सकिदैन । बाले क्रान्तिको नाममा मलाइ खुम्चाए जस्तै म बाको उपचारको लागि लेखिएको डक्टरको प्रेस्क्रिप्सन खुम्च्याउछु । सबैका पिडा एकैनास भएर अउदा रहेछन मात्र प्रकृति फेरिएर । मलाइ किताब किन्न खर्च गर्नु पर्ने पैसा बाले क्रान्ति पोष्टको प्रकाशन , प्रसारण र वितरणमै लगाए । कुपोषणले थला परेको भाइको उपचार खर्च बाले अाफ्नाे कार्यशालामा खर्च गरे जसकाे प्रतिफल बाेक्न हामी बाध्य भयाै भाइले अकालमा ज्यान गुमायाे। पिडाले शिखर चुम्न लागेकाे बेलामा म बाले गरेका भनेका स -साना गल्तीहरूकाे भयङकर ठुलाे मुल्य चुकाएकाे पल सम्झिन्छु र अाफैले अाफैलाइ सान्त्वाना दिदै सम्हालिन्छु – मैल दुःख मनाउ गर्दैमा बितेकाे पल फर्केर अाउने हाेइन । घाँटीमा कुनै चिज नराम्राेसंग अडकिन्छ – म अझै किन बाकाे साथमा छु। के मलाइ यी यावत चाेटहरूले पनि सम्झाउन सकेकाे छैन कि मेरा बा कति सहि कति गलत । 
अा सु छे?( याे के हाे ?) , बिजा बाटली क्याँ छे? (दाेस्राे बाेतल खै ?) कहिले कही सामान्य उत्तर दिएर कपाल कन्याउदै निस्किन्छु यति हाे । डक्टरलाइ सायद अाैषधि पसलेले बुझेन भनेर फेरी अर्काे कागजमा कुनै सिग्नेचर लेखेर दिन्छ ,म अस्पतालकाे अागन सम्म त जान्छु तर अाैषधि ल्याउने हिम्मत हुदैन । खल्ती रित्ताे छ, अाफन्तकाे नाममा कोही छैन । बर्षाैंकाे बाकाे मेहनत र कर्मककाे फलले याे संसारसम्म ल्याइ पुरयाएकाे छ । चाेरेर जीवन चलाउन सकिन्छ भन्ने कहिल्यै साेचिएन बरू बाले हामीलाइ शाेषण गरेझै बाकाे अाैषधिकाे शोषण गर्न उत्तम ठाने ।
२३ नम्बरमा लाइन लाग्नु भन्ने डक्टरकाे अाग्रह/अादेशलाइ कयाैं पटक हाँसी हाँसी लत्याएकाे छु । कयाैं पटक हाँसेर त कयाैं पटक रूदा रूदै पनि पुरा गेकाे छु । २३ नम्बरकाे लामाे लाइन पार गर्न कयाैं पटक अधुरा प्रेम कहानीलाइ जीवन दिने प्रयत्न पनि गरेकै छु । झण्डा बाेकेर गाउदै हिडने स्वर्णिमा याद अाउछ र दिया डक्टरलाइ पुलुक्क नजर डुलाउछु । पहिले त सेताे एप्राेन लाएर अाउने सबैलाइ डक्टर देख्ने मेराे चेतनास्तर बृद्धि भएर अाएकाे छ । इन्टर्नका डक्टरहरू रूखा तर जाेडले कराउन सके डराउने प्रवृत्तिक भेटिन थाले । स्टाफ नर्सहरू पनि कति हाे कति । 
चाैडा माेबाइलमा टेम्पल रन वा फेसबुककाे च्याटमा रमाइ बिरामी कुरूवा सलाइन सकियाे हजुर, बिरामीलाइ अप्ठ्याराे भा छ , पिसाबकाे थैली त रगतले भरियाे ,बान्ता  गरेर थामी नसक्नु भा छ जस्ता सिकायत लिएर नजिक जाँदा कडकिने इन्टर्निसपका फेलाे भन्दा भिन्न लाग्न थाल्छ डा. दियाकाे स्वाभाब र कार्य । छाेटाे परिचय छ एउटा सानाे सिसाकाे फ्रेमभित्र डा. दिया । छाेटाे मेराे अामाकाे जीवन जस्तै – मैले विश्लेषण गरेकाे बाकाे नजरले अामाकाे जीवनलाइ के देख्छ खै । 
हजुरबाले बालाइ सिकाएका ज्ञानका कुनै भित्ता या फाँटहरूमा दिया पनि चित्रित हुन्थी हाेला भन्ने कुरा म बिराउन सक्दैन । एकहाेराे सिलिङ फ्यान हेरेर टाेलाएका बखत सान्त्वानाका शब्द गुच्छा अात्मिए लाग्थे जसलाइ म प्रेम सम्झेर सहस्र ग्रहण गर्थें तर ति दयाका भावाशेष सबैले बुझ्थे । एउटा भाेकाेले भाेक बाहेक अरू के लाइ महत्व देअास । कुननै दिन अाैषधि लिन संगै गएर पैसा नै नतिरेका घटनाहरू सिने रिल झैं अाइरहन्छन । चित्र बनाउनु – मेटाउनु, फेरी बनाउनु - फेरी मेटाउनु र भित्तामा अाँखा डुलाउनु, फाेहर मैला उठाउन अाउनेकाे गाली पनि सहजै पाचन गरेर फेरी टाेलाउनु मेराे दैनिकि भएकाे थियाे । अा अाफ्नाे पिडा लिएर मेराे फाैज उपस्थित भएकाे थियाे । बा चित्त बुझाउने बाटाे खाेज्थे – सब्द कहि कसाे निस्किने गर्थे बाँकि त पहिले नै उपभाेग भइसबेका हुन ।
अर्ती उपदेश त देशभन्दा ठूलाे भएकाे कुरा बालाइ मलाइ भन्दा बढता थाह छ । संसार बाकाे प्रिय चिज बिरानाे- बिरानाेमा परिणत भएकाे बाले महसुस गरेका छन । कयाैं पटक बाकाे बक फुटदा याे संसार हाम्राे...........  मैले अाफै वाक्य पूरा गरीदिए, हुदैन।

के होला

             
             

                               गजल
थाह छैन खै! तिम्राे र मेरो कुनै नाता हाेला
कुन नजिक हाेला ? समानता या समता होला ।।

मलाइ बारम्बार हिर्काइरहेकाे छ अहिलेसम्म,
भन्नुस, दुस्मन हाेला कि बिधाता हाेला  ।।

युद्ध हुदैछ रे फेरी ! तिमी बिचमा छाै होस गर्नु,
 युद्ध हो कि शाहदत होला कि बेपत्ता हाेला ।।

उसले धेरै बल गरेर बुझाउन खाेज्यो ,
सोच्नुस कि शिक्षक हाेला कि नेता होला ।।

आफू बाहेक सबै संसार कब्जामा छ भन्छ ,
कि ठूलै ब्यापारी हाेला, योद्धा हाेला र बिजेता हाेला ।।

तिमीले बोलेको सुनेर वास्ता गरेन र 'प्रज्वल' ?
के मिलेन ? कि अज्ञानी होला कि ज्ञाता होला ।। 

बिद्रोह

मार्क्सका ठेली मुन्तिर  इमाइल दुर्खिम अनि  इ. वि. टाइलरको  संरचनामा  नअटेपछि मेरो परिवेश  कसरी अटौंला र म  महोदय ?  ॐ मणि पद्मे हुँ -  शिरमा...