Wednesday, September 17, 2025

सरुवा

 


बारा जिल्लाको एक सानो गाउँ बर्छापुर्वामा बिहानको घाम झुल्किँदै थियो। खेतमा हलो जोत्दै गरेका किसान, चुल्होमा चिया उमाल्दै गरेकी आमा, विद्यालयतिर दौडिँदै गरेका बालबालिका सबैको जीवन आफ्नै लयमा थियो। यही गाउँमा जन्मिएका थिए विनय यादव। उनी गाउँकै माध्यमिक विद्यालयमा पढेर उच्च शिक्षा हासिल गरेका थिए। उनले शिक्षण पेशा रोजे शिक्षण पेशा रोज्नुको कारण थियो गाउँका बालबालिकालाई उज्यालो भविष्य देखाउनु

विनयको सपना थियो गाउँमै पढाउने आफ्ना बालबालिकालाई शिक्षित बनाउने समाजमा परिवर्तन ल्याउने। उनले शिक्षक सेवा आयोगको परीक्षा दिए, उत्तीर्ण भए, नियुक्ति पत्र पाए। तर त्यो पत्रले उनलाई मधेसबाट सयौं किलोमिटर टाढा हिमालको काखमा पुर्यायो। शिक्षक सेवा आयोगमा गणित शिक्षकको रुपमा सिफारिस भए पुगे कर्णाली प्रदेशमा

 

हिमाल?” विनयले आश्चर्यचकित हुँदै भने। हो, डोल्पा जिल्लाको एक दुर्गम काइ गाउँमा जानु पर्ने भयो 

विनयले मन बुझाए। शिक्षकको धर्म भनेकै जहाँ आवश्यक , त्यहीँ पुग्नु हो,” उनले आफैंलाई सम्झाए।

 

यात्रा सजिलो थिएन। बस, जीप, पैदल यात्रा हप्तौं लाग्यो। डोल्पाको त्यो गाउँमा पुग्दा उनलाई लाग्यो, यो नेपाल हो कि अर्को संसार। भाषा फरक, संस्कृति फरक, खानपान फरक। तर विद्यार्थीहरूका आँखामा उत्सुकता थियो। उनीहरू सिक्न चाहन्थे। यही उत्सुकता देखेर विनयले मन थामे।

 

विनयले पढाउन थाले। उनी नेपाली, अंग्रेजी, गणित जसो सबै विषयमा सहयोग गर्थे। तर समस्या शैक्षिक सामग्रीको अभाव, भाषिक कठिनाइ मौसमको कठोरता। हिउँ परेपछि विद्यालय पुग्नै नसकिने अवस्था हुन्थ्यो। कहिलेकाहीँ विद्यार्थीहरू हप्ता दिनसम्म पनि विद्यालय आउँदैनथे।

 

उनले आफ्नै खर्चमा पुस्तकहरू मगाए, स्थानीय शिक्षकहरूसँग सहकार्य गरे, समुदायसँग संवाद गर्न थाले। मनमा मधेसको तडप थियो। आमा बिरामी थिइन्। बाबु वृद्ध थिए। बहिनीको बिहे भएको थिएन उनले सोचे के घर नजिक सरुवा हुन सक्दैन?”

 

विनयले आफ्नो परिक्षणकाल पूरा भएपछि सरुवाका लागि आवेदन दिए। उनले सहज रुपमा सरुवा हुने वातावरण देखेनन् उनले कि पैसाको ठूलो मुठा फाल्नु पर्ने भयो कि कसैको कृपा बर्सिनु पर्ने उनीसँग त्यो दुबै ल्याकत भएन तर पनि उनले हार मानेनन् अनेक उपाय लगाउने प्रण गरे   

उनले राजनैतिक रुपमा कहिल्यै चासो दिने कुनै पनि पार्टीको कार्यक्रम तथा आन्दोलनमा सहभागिता जनाएका थिएनन् यसो भनौं उनलाई देशको राजनीति प्रति घृणा थियो

 

बाध्य भएपछि उनले राजनैतिक पार्टी तिनका नेता गुहार्न पनि पछि परेनन् पहिलो प्रयास स्वरुप एमालेका जिल्ला नेतासँग भेट। तपाईंको फाइल हेर्छु,” नेताले भने। तर उनको फाइल हेरिने कुनै संकेत देखिएन बरु उनको परिवारको राजनैतिक संलग्नताको लागि बारा सम्म खबर पुग्यो

 

उनले काँग्रेसका कार्यकर्तासँग सिफारिस माग गरे चन्दा दिएर हामी सिफारिस पठाउँछौं,” आश्वासन आयो तर सिफारिस पठाउने मिति जुरेन उनको घरमा काँग्रेसका कार्यकर्ता पुग्न भने भ्याए

  

उनका केहि साथी मधेस मुक्तिको आवाज उठाएर माओवादी युद्धमा होमिएका थिए मधुर सम्झना भए पनि विभिन्न तौर तरिकाबाट ति पुराना साथीलाई सम्झाए साथीहरुले सान्त्वाना दिए तपाईंको संघर्ष देखेर मन दुख्छ,” साथीले भने। मन दुखाउने साथीहरुले पनि केही गरिदिएनन उनले जुन पार्टीका लागि काम गरेपनि त्यो कर्णालीको आवाजले मधेसमा सुसाउन दिएन

  

उनि मधेसबादी दलका कार्यक्रमहरूमा सहभागी भए। उनलाई हामी आवाज उठाउँछौं,” भनियो। तर आवाज उठेन उनले नयाँ पार्टीका शशक्त युवाहरुको साथ खोजे।हामी तपाईंको मुद्दा संसदमा उठाउँछौं,” वाचा गरियो। तर आवाज संसदमा उठ्यो उनको कार्यक्षेत्रमा उनलाई हरेकपटक आश्वासन मात्र आयो। सरुवा भएन। फाइल हरायो। सिफारिस टेबलमा थन्कियो। उनको नाम सूचीमा परेन।

 

हिउँले ढाकिएको गाउँमा विनय एक्लो हुँदै गएका थिए। उनले डायरीमा लेखे, शिक्षक हुनु गर्वको कुरा हो। तर जब शिक्षकको पीडा सुन्ने कोही हुँदैन, त्यो गर्व बोझ न्दोरहेछ

 

उनले विद्यालयमा सके जति राम्रो गरे। विद्यार्थीहरू उनलाई माया गर्थे। मनमा घरको तडप थियो। एक दिन, उनले आमाको मृत्युको खबर पाए। उनी अन्तिम संस्कारको समयमा पुग्न सकेनन्। 

त्यो रात उनले डायरीमा लेखे, “ शिक्षित छु, तर असहाय। शिक्षक हुँ  तर परित्यक्त

एक साँझ, हिमालको चिसो हावा चलिरहेको थियो। विनयले विद्यालयको कोठामा बसेर डायरी खोले। 

उनले लेखे, “सरुवा मेरो सपना थियो। हरेक सपना पुरा हुँदैनन् त्यस रात, उनले हिमालमै देह त्याग गरे।

 

भोलिपल्ट गाउँलेहरूले उनको मृत शरीर देखे संगै थियो डायरी, जसमा अन्तिम शब्दहरू थिए शिक्षकको जीवन केवल पाठ्यपुस्तक होइन। यो पीडा, संघर्ष, मौनता हो

 

No comments:

Post a Comment

सरुवा

  बारा जिल्लाको एक सानो गाउँ बर्छापुर्वामा बिहानको घाम झुल्किँदै थियो। खेतमा हलो जोत्दै गरेका किसान , चुल्होमा चिया उमाल्दै ...