Tuesday, November 11, 2025

प्रयोगशाला

 यो देश प्रयोगशाला भइरह्यो ।

केही हुन्छ कि यो पाला भइरह्यो ।।


न निभ्छ आशाको दियो न जल्छ खै

नसुल्झिने कस्तो चाला भइरह्यो ।।


न गर्व छ केही न निराशको भारी 

किन यस्तो सालाखाला भइरह्यो ।।


आउ  खेलेर जाउ यो मुटुसँग 

हेरुँ तिम्रो चालामाला भइरह्यो ।।


उसले हतियार उठायो किन हो 

मेरो भनै ज्यान जाला भइरह्यो ।।


No comments:

Post a Comment

गजल

अरुले नै तिमी को हौ भनिदिनु पर्ने । खै अझै पनि कहाँ छौ भनिदिनु पर्ने । अस्तित्वको खोजमा लम्कने चाहना हो  जागृति भएन उठ लौ भनिदिनु पर्ने । मो...