Saturday, November 15, 2025

प्रतिज्ञा

विस्वास टुटि प्रतिज्ञाको आस मर्यो भने 

अमृत पनि विष बन्छ सास मर्यो भने ।।



झुटको संसार झुटो खेती सत्य कहलिने 


मित्थ्या, ब्रह्म एकै लाग्छ साहास मर्यो भने ।। 



एक सिक्काको दुई पाटा हाँसो अनि आँसु 


व्यर्थ बन्छ त्यो ज्ञान चक्षु खास मर्यो भने ।। 



विश्वकोष हो स्मृति त उत्खनन् भो भने 


संज्ञान मृत प्रेमको बतास मर्यो भने ।। 



पूर्ण धर्ती भातृत्वको भाव भ्राता भए 


विपुल, रिपु मुक्त एकनास मर्यो भने ।।

No comments:

Post a Comment

गजल

अरुले नै तिमी को हौ भनिदिनु पर्ने । खै अझै पनि कहाँ छौ भनिदिनु पर्ने । अस्तित्वको खोजमा लम्कने चाहना हो  जागृति भएन उठ लौ भनिदिनु पर्ने । मो...