शब्दहरू
छटपटिएका छन्,
मौनता
नजिक छ—
श्वासको
विश्राममा,
शून्यको
गहिराइमा।
गरुँ कि न गरुँ—
प्रश्न
रहेन,
बोध
उस्तै छ
बिना
प्रयत्न।
शब्दहरू
बोल्न खोज्छन्—
"हामीलाई कहाँ राख्छौ?"
मैले
तिनलाई छोएको हैन,
तिनीहरू
नै अन्तरघुलन भए ।
देवालय होइन,
गुफा ? अहँ!
म को हो ?
जहाँ म छैन।
शून्य: शुन्य होइन
अस्तित्वको अन्तिम बिसौनी—
जहाँ हराउँछ सबैथोक,
अनि कथा मौनतामा बाँच्छ।
त्यही
मौनताको छायाँमा,
बाँचिरहेको छ—
ढुङ्गा
बनेर ?
वा तपाईंको मौनतामा।
यति
नै
अहिले
केही लेख्नु छैन—
जहाँ सबैकुरा लेखिएको छ
मौनता भित्र।

No comments:
Post a Comment