Sunday, November 16, 2025

प्रेमिका

 

 

 



 

सत्र बर्षको छु। मेरो नाम आदित्य। चौधबिसको सानो टाकुरोमा बनेको मालिका माविमा कक्षा १० मा पढ्छु। एक चिसो बिहानी थियो । झ्यालमा पहिलो घामको किरण परेको क्षण मेरो जीवनमा आई। उसले कपाल पछाडि बाँधेर चुपचाप पुस्तक बोकेर हिँडिरहेकी थिई। त्यो भन्दा पहिले मैले छुम गाउँमा उसलाई देखेको थिएन एकहोरो हिँडि भने पुस्तक पल्टाइरहेथेंप्रेमको।

 

किशोरावस्था बडो अनौठो हुन्छशरीर बदलिन्छ, विचार बदलिन्छ, आकांक्षाले अर्कै गति लिन्छ। मनमा शब्द नभएका भावना उठ्छन्, जुन व्याख्या गर्न गाह्रो पर्छ। मैले पहिले जीवनलाई पुस्तकजस्तो देख्थें। अब जीवन चलचित्र जस्तो भयो रंगिन - जहाँ नायिका , संगीत , तर संवाद छैन।

 

तिमा। विध्यालयमा आएको नयाँ छात्रा। सरोज सरको छोरी, उसलाई कर्णालीबाट एसईई दिलाउन ल्याउनु भएको कक्षा नौमा भर्ना भएको उसले बोल्दा मेरो मस्तिष्कमा गुनगुनाएको आवाज आउँछ। हाँस्दा धर्तीमा घाम लुक्छ इन्द्रेणी देखा पर्छ उसलाई हेर्न खोज्छु तर आँखाले उसको पूर्ण दृश्य खिच्न सक्दैन। प्रेम भनेको हेर्ने साहस हो कि लुकाउने डर?

 

उसलाई 'प्रेमिका' भन्न सक्दिन। के प्रेमिका भनेको स्पर्श हो, संवाद हो, वा मनभित्रको अदृश्य सम्बन्ध हो? मलाइ थाह भएन

एक दिन विध्यालयमाथिको भगवतीको मन्दिरको आगनमा एक्लै बसेर लेख्दै थिएँ। मेरो डायरीमा लेखिएको थियो—“ मेरो मनको ध्वनि हो। बुझ्न सक्दिन, तर उसले बोल्दा शान्त हुन्छु। उसको चालमा लोभिन्छु अनि मनमा महल बनाउछु एक शुन्दर पारिवारिक संरचना

 

तर त्यही प्रेमसँग डर पनि आउँछ। सरोज सरले थाह पाए के गर्लान? के मलाई हेर्छे? के उसले मेरो मुटुको आकांक्षा बुझ्छे? आफैं आत्मग्लानिमा हराउछु । किन यस्ता भावना उठ्छन्? के यो उमेरले लडाएको भाव हो?

 

एकदिन मैले उसलाई एउटा देउडा गित सुनाएँ

बेल डाँडाउदा बस्याकाछन बुडेर गैजान

मैना चडि क्यान आइहोई मन उडाइ लैजान

अतिमाले भनिन्, “तिमी बडो अचम्मको मान्छे हौ। त्यो अचम्ममा नै हराएँ।

 

समय गाह्रो गरी चल्दै थियो घरमा प्रेम शब्द वर्जित थियो शिक्षकले पढाउँछन् मन जादैन । यस्तो लाग्छ मनको पढाई कसले पढ्छ? आत्मसंवाद गर्न थालें। प्रेम भनेको आत्म-आदर हो। जब तिमालाई प्रेम गर्छु, आफ्नै कोमलतालाई स्वीकार गर्छु। कल्पना गर्न थालेंयदि उसलाई भन्न सकेन भने पनि, मेरो मनको भाग हो।  प्रेमिकाहो, केवल सम्बन्ध होइन । एक भावनाको आकार।

 

अन्त्यतिर, मैले डायरीमा लेखें  प्रेमिका त्यो हो, जसले मलाई बनाउँछे। उसले मेरो कमजोरीलाई कोमलता बनाउँछे। उसले मेरो आत्म-संकोचलाई आत्म-स्वीकृति बनाउँछे। किशोरावस्था भावनाको पहिलो किताब हो। अझै तिमालाई भन्न सक्दैन। तर पनि मेरो मनको भाषा हो। त्यो भाषा नै प्रेम हो।

 

No comments:

Post a Comment

प्रेमिका

        म सत्र बर्षको छु। मेरो नाम आदित्य। चौधबिसको सानो टाकुरोमा बनेको मालिका माविमा कक्षा १० मा पढ्छु। एक चिसो ...