Friday, November 12, 2021

मान्छे नै हो ?

 स्वरुप मानवको बोकेर, 

कार्य व्यापार खै !

विचार मान्छे कै हो र ?

खै !

नियालेर हेर्नु छ आफैलाई 

सूर्यले पाइला चाल्नु अघि 

चन्द्र लुप्त भएपछि 

हेर्नु छ हरेक एक 

केस्रा केस्रा केलाएर 

उद्विग्न विचारहरु 

दिनको यात्राको कहानी 

विश्रामका विस‌ौनी

यायावर

गुरु शिष्य । 


झिसमिसे मै म बनेर निस्कदा 

सबै मेरै हो ले गमक्क पर्दा 

दयाको द्वार बन्द गरी इर्ष्या उमार्दा 

करुणा; बङ्गरामा हरदिन रात चपाउदा 

स्वउपकारमा परोपकार ठान्दा 

पराेपकार फलाकेरै तृष्णा मेटदा 

धैर्य गरेर हेर्नु छ 

मानवताको कुन गुण 

ठिमाह भएन भनेर । 


काम: सुख भएर रम्दा 

भोगको तारतम्य सखारै गर्नु छ 

मनभरी, तनभरी र वचनभरी 

काम पूर्तिमा 

कोहि ,केहि बाँकी नरहेपछि 

इच्छा पूर्ति के पाप हो र ?

तुलामा कम वा वेशी 

तराजु निकाल्यो भने 

खुसी त्यागेर सुखकै खोजमा दुनियाँ 

अन्त्य कसलाई थाह छ ?

कुन गुणले के बताउने 

मानव नै त हो !


भ्रम पालेको ज्ञानमा 

समता मुस्किल बनेपछि 

भिन्नहरु भिन्नमै बसे 

आफ्नै स्वभाव प्रिय बनेको 

अरु – मुर्दाबाद !

कसलाई काम लाग्छ यो कसौटी 

आफैलाई काम नलागेको 

ज्ञान वा क्रोध 

एक पटक नियाल्नु पर्ने हो 

विवशता 

ज्यूनुको । 


उचाई पूरा गर्न तल्लिन 

आफू बढेर वा अरु लडाएर 

सम्याएर बाटो वा बङ्ग्याएर 

बहना छताछुल्ल भएपनि 

चितामा जल्न तयार रहेपनि 

आफ्नो भाँडो नभरेसम्म 

अहँ हुदैन !

त्यो भाँडो भर्ने कहिले ? 

चाहना पू्र्ति हुनु पर्ने ।

साधनले साध्य प्रमाणित गरी 

यो बाँचेको स्वभाव 

के मान्छेको हो ?


अरुमा म देख्ने साहस छैन ।

ममा अरु अटदैन ।

म – म नै हो । 

अरु – अरु नै हो ।

म सर्वब्यापक होउँ – मानु त ?

पत्यारै नलागेपछि 

नजिक नियाल्नु पर्ने विवशता 

नियती वा परिवेश 

कुन गुरु बनेर आउँछ ?

के सिकाएर जान्छ ?

जो आए पनि 

जो गए पनि 

स्वभाव आफ्नै चाहिने 

के मानव होइन र ? 


कर्म विरुद्ध भएपनि 

मनमा उद्वेग रहेपनि 

स्वयम् हटने क्रिया के स्वीकार्नु 

विचारमा रतन्धो लगाएर 

पट्टी लगाएका आँखाले 

आफ्नो स्वरुप देख्न त जसरी पनि सकिन्छ । 

शक्ति सत्यमा परावर्तित भइ 

बनाएको सत्य जग 

स्वभाव बोकेर 

मान्छेको कित्तामा 

उभिनु पर्ने । 


एक हो । 

एकत्त्व हो । 

अहँ । 

अस्वीकार भएपछि 

म म नै हो 

त्यो भन्दा बाहेक अरु 

किन स्वीकारौं ? 

सक्ने उभिन आउँछ 

उभिनेहरु भएपनि 

मिश्रण बनाएर 

पिउनु वा पिलाइनु पर्ने 

बाँकीलाई थन्क्याएर 

आफै हुनु छ 

फरक 

एक दम फरक 

मानवाकृति । 


दियो निभाएर चेतनाको 

स्वरुप बिर्सिएर 

मर्ने , मारिने वा मार्ने 

घर धारण गरेर स्वभावको 

भुलेर सेवा कर्म 

ब्रह्म छोडेर 

एकत्त्व नष्ट गरी 

कित्ता कित्तामा उभिएको 

मानव होइन र ? 


 जति पनि वर्ष बाँचिएका छन सबै यस्तै गरि बाँचियो । माफ गर्नु होला । 

धेरै दिन देखि हो कसलाई गाली गर‌‍‍‍ौं गरौं भएकाे । आ जे सुकै होस । एक दिन त गालि नगरेर बसौं न यार - के जान्छ र जीवन । सह्रै विचारहरु खेलि रहेका छन एक पछि अर्को गर्दै मेरो मानस पटलमा । भयो स्केप गरौं । ए हो त स्केप त गर्ने तर शरिरको कुन बटन थिच्दा स्केप हुनेहाे के थाह  । म त शिक्षक पनि त हो । ज्ञान त थियो नि । त्याे कति टाढाको गहिराइमा तैरिदै छ के थाह । तैरिन त पर्ने नै भयो । एक प्याक तयार छ बुढी ? आवाजै आएन त । होला भान्सामा बसेर खाना पाक्दै छ होला । मैले खाने भन्दा पनि पछि लाइक गर्ने हो । 

टेबलमा राखिएको बाेतलमा अलिकति अझै बाँकी छ । प्यास पनि कति लाग्न सकेको हो थाहै नहुने । बिहान मात्रै त हो आहालबाट निस्किएको । हल्का उडान भर्न सुरु भएको छ । मेरो ज्ञानको दायरा बढला जस्तै भएको छ । खाँदेर राखेको ज्ञान न हो कतै न कतैको छिद्रबाट निस्किहाल्न सक्छ । हुन त ज्ञान प्रकट गराउनु पर्ने नै हो । तर प्रकट पो कसलाई गर्ने भन्ने तलतल प्यास भन्दा बढता लागेको छ ।  हजुर ए हजुर त के भन्नु तपाई, तपाई पनि बढतै हुन्छ यार -तँ पो सुहाउँछ साला । तँ मु* । कति दिन देखिको हिसाब हाे निकाल्नु पर्ने । ल जा एक पोका ज्ञान पो बाँडियो त । 

कम भयो यार । थप । फुल गराउन के तुर्क्याउछौ ? भन्नु पनि कसलाई भनि रहेको छु मलाई के थाह। आनन्दको भोग गर्न पो जान्नु पर्छ त । भोग नै भएन भने आनन्द के को लागि ! यो उचाईमा तैरिनु पो तैरिनु हो त । यो भन्दा तलको उचाइमा त जो पनि तुर्लुङ्ग झुण्डिन्छ नि । झुण्डिने त के टाँसीने हो झ्याक्ने । 

यस्ताहरु पनि आउँछन यार यो उडानको यात्रामा अवरोध बनेर । टेबुलमा भएको गिलास खालि भएकै छैन । उन्माद बढन शुरु भइसकेको छ । यो हो मजा जीन्दगीको । मन सिमलको भुँवा हुन थालेको छ । खाँदिएको ज्ञानलाई म स्केप गर्न खोजी रहेको छु । गेयर बदलौं या ब्याक बटन ! उफ ! उखरमाउलो गर्मी पनि किन चढ्याे । कोठाको तापक्रम त  सोह्र भन्दा तला छ । ए देखाउन त देखाएकै छ । तिक्ष्ण बुद्धि पनि काम आउने यस्तै बेला त हो । हरेक ठाउँमा टच गर्दै फिल भइरहेको छ - यो त मेरै हो । मेरो हुनु र नहुनुमा के को सरोकार । भेटिएको पो छैन । स्किपको बिन्दू । 

थपौ थपौं । यो  त हाम्रो हो यार - मेरो होइन । उफारि रहेको छ । तँलाई पनि त थाह छ नि कतिको लगाव छ भनेर । यो त्यतिकै आएको होला र । ‌ओहो ! कस्तो बर्बाद भएको ठाउँमा पो आइपुगें । 

बिद्रोह

मार्क्सका ठेली मुन्तिर  इमाइल दुर्खिम अनि  इ. वि. टाइलरको  संरचनामा  नअटेपछि मेरो परिवेश  कसरी अटौंला र म  महोदय ?  ॐ मणि पद्मे हुँ -  शिरमा...