जति पनि वर्ष बाँचिएका छन सबै यस्तै गरि बाँचियो । माफ गर्नु होला ।
धेरै दिन देखि हो कसलाई गाली गरौं गरौं भएकाे । आ जे सुकै होस । एक दिन त गालि नगरेर बसौं न यार - के जान्छ र जीवन । सह्रै विचारहरु खेलि रहेका छन एक पछि अर्को गर्दै मेरो मानस पटलमा । भयो स्केप गरौं । ए हो त स्केप त गर्ने तर शरिरको कुन बटन थिच्दा स्केप हुनेहाे के थाह । म त शिक्षक पनि त हो । ज्ञान त थियो नि । त्याे कति टाढाको गहिराइमा तैरिदै छ के थाह । तैरिन त पर्ने नै भयो । एक प्याक तयार छ बुढी ? आवाजै आएन त । होला भान्सामा बसेर खाना पाक्दै छ होला । मैले खाने भन्दा पनि पछि लाइक गर्ने हो ।
टेबलमा राखिएको बाेतलमा अलिकति अझै बाँकी छ । प्यास पनि कति लाग्न सकेको हो थाहै नहुने । बिहान मात्रै त हो आहालबाट निस्किएको । हल्का उडान भर्न सुरु भएको छ । मेरो ज्ञानको दायरा बढला जस्तै भएको छ । खाँदेर राखेको ज्ञान न हो कतै न कतैको छिद्रबाट निस्किहाल्न सक्छ । हुन त ज्ञान प्रकट गराउनु पर्ने नै हो । तर प्रकट पो कसलाई गर्ने भन्ने तलतल प्यास भन्दा बढता लागेको छ । हजुर ए हजुर त के भन्नु तपाई, तपाई पनि बढतै हुन्छ यार -तँ पो सुहाउँछ साला । तँ मु* । कति दिन देखिको हिसाब हाे निकाल्नु पर्ने । ल जा एक पोका ज्ञान पो बाँडियो त ।
कम भयो यार । थप । फुल गराउन के तुर्क्याउछौ ? भन्नु पनि कसलाई भनि रहेको छु मलाई के थाह। आनन्दको भोग गर्न पो जान्नु पर्छ त । भोग नै भएन भने आनन्द के को लागि ! यो उचाईमा तैरिनु पो तैरिनु हो त । यो भन्दा तलको उचाइमा त जो पनि तुर्लुङ्ग झुण्डिन्छ नि । झुण्डिने त के टाँसीने हो झ्याक्ने ।
यस्ताहरु पनि आउँछन यार यो उडानको यात्रामा अवरोध बनेर । टेबुलमा भएको गिलास खालि भएकै छैन । उन्माद बढन शुरु भइसकेको छ । यो हो मजा जीन्दगीको । मन सिमलको भुँवा हुन थालेको छ । खाँदिएको ज्ञानलाई म स्केप गर्न खोजी रहेको छु । गेयर बदलौं या ब्याक बटन ! उफ ! उखरमाउलो गर्मी पनि किन चढ्याे । कोठाको तापक्रम त सोह्र भन्दा तला छ । ए देखाउन त देखाएकै छ । तिक्ष्ण बुद्धि पनि काम आउने यस्तै बेला त हो । हरेक ठाउँमा टच गर्दै फिल भइरहेको छ - यो त मेरै हो । मेरो हुनु र नहुनुमा के को सरोकार । भेटिएको पो छैन । स्किपको बिन्दू ।
थपौ थपौं । यो त हाम्रो हो यार - मेरो होइन । उफारि रहेको छ । तँलाई पनि त थाह छ नि कतिको लगाव छ भनेर । यो त्यतिकै आएको होला र । ओहो ! कस्तो बर्बाद भएको ठाउँमा पो आइपुगें ।
No comments:
Post a Comment