Wednesday, January 31, 2024

विजय

 विजय हो यो विजय झै मनाउनु पर्छ ।

कडा प्रतिस्पर्धा गरें भन्न पाउनु पर्छ ।।


एकै प्रयासमा सफल विरलै हुन्छन 

विजेताले लडदै उठेर बाटो बनाउनु पर्छ।।


तिर्खा लाग्यो भन्दैमा कुर्लिएर के पाइन्छ

खोला बोलाएर आउदैन स्वयम् धाउनु पर्छ ।।


कस्तुरी हो भनेर कति दिन प्रचार गरिन्छ

कस्तुरी भए वरिपरि सुगन्ध छाउनु पर्छ ।।



Monday, January 29, 2024

सहिद

फेरिएको परिचय देखेर

मुसुक्क मुस्कुराउँदै

सहिद बोल्छ 

यो परिचय 

तिमी लैजाउ 

आफै सहिद बन ।

Saturday, January 6, 2024

संवेग

 संवेग बगिरहन्छ खण्ड खण्डका देखा पर्छन् ।

कुनै पल शान्तिका कुनै उदण्डका देखा पर्छन् ।।



एक क्षणको  यात्रामा निस्कनु भयो गह्रुङ्गो भइ 

यो ब्रह्महो अबिराम स्वरुप ब्रह्माण्डका देखा पर्छन् ।।

खेत पनि पिडित छन

 कुनै फसल उब्जिएन खेत बिरक्तियो

कहि असल उब्जिएन खेत बिरक्तियो ।।


हर प्रयास मिथ्या बनेपछि आशाको अब 

दिव्य  पहल उब्जिएन खेत बिरक्तियो ।।

के गर्ने हो

 हुरी बतासका हर प्रहार भुवरी जितेर 

हर लडाईमा कुटिल पोल्टो भरि जितेर ।


यो त्रेता होइन न अवतार कसैको कोहि 

के गरौला आखिर कोहि बिगारी जितेर ।।

कसरी भनौं

 तिम्रो ईश्वर र दाग म कसरी भनौं

बने विस्वास खाग म कसरी भनौं ।


चराचर जगतको आफ्नो कर्म छ 

तिम्रो कति हो भाग म कसरी भनौं ।।

Ban on Rationality

My eyes are but of flesh,   no doorway to wisdom   is granted me.   Yet tell me—   though branded unreasoning,   I can still press forward, ...