Friday, December 11, 2020

गित

 हरेक स्वासले भन्ने गर्छ यहि हो तिम्रो आयु ।

ब्यार्थै किन खेर फाल्छौ प्राण धान्ने वायु ।।


स्वासलाई स्थिर गरे शान्त होला मन ।

कर्म गर्दै रह्योभने स्वस्थ हुन्छ तन ।।

हाँसीखुसी जीउनुपर्छ एकै बारको जुनि ।

गुणले मार्छ सबैलाई नबने बैगुनि ।।


Monday, September 7, 2020

प्रमाण

 चाहेजति स्वास भरिरहेका छाैं, बाँचेको प्रमाण हो ।

ज्यूँदैछाैंको भ्रम छरिरहेका छाैं, बाँचेको प्रमाण हो ।।


पाइलै पिच्छे सफलता कहाँ होला उदेश्य बिना खै ?

पलपल सधैं मरिरहेका छाैं, बाँचेको प्रमाण हो ।।


खुसी त्यागेर सुखको खोजीमा भाैतारियाैं जब,

दुःखको भुमरी परिरहेका छाैं, बाँचेको प्रमाण हो ।।


जीवन बाँच्याैं वा बाँचेजस्तो मन्चन भयो थाह छैन ,

बाँचे जस्तो भने गरिरहेका छाैं, बाँचेको प्रमाण हो ।।

Thursday, August 27, 2020

पाठ

 गल्तिहरू उपदेश हुन, पाठ सिकाइदेलान ।

मूल्यले समर्पण मागेर लागत सिकाइदेलान ।।


एकैसमान प्रकृति कहाँ चल्छ र ? प्रिय !

पिडा चहर्याउलान , घातले सिकाइदेलान ।।


कुन खुटकिलो अन्तिम भरोसा दिने हो के थाह, 

भत्किनेहरूले धैर्यताको तागत सिकाइदेलान ।।


हर कर्मको फल प्रष्फुटित हुुन्छ भन्छन नी !

लुटिएका पसिनाले तागत सिकाइदेलान ।।

Tuesday, March 3, 2020


आफ्नो कोहि हुन्न रैछ दुःख आइ पर्दा खेरी ।
सुखको संगत चर्किन्छ नि आशुहरु झर्दा खेरी ।।

मुखमा रामराम बगलीमा छुरा भाको यो दुनियाँ
बढ्दा खुट्टा तान्नेहरु,खेदछन पछि सर्दा खेरी ।।

बिद्रोह

मार्क्सका ठेली मुन्तिर  इमाइल दुर्खिम अनि  इ. वि. टाइलरको  संरचनामा  नअटेपछि मेरो परिवेश  कसरी अटौंला र म  महोदय ?  ॐ मणि पद्मे हुँ -  शिरमा...