Thursday, August 27, 2020

पाठ

 गल्तिहरू उपदेश हुन, पाठ सिकाइदेलान ।

मूल्यले समर्पण मागेर लागत सिकाइदेलान ।।


एकैसमान प्रकृति कहाँ चल्छ र ? प्रिय !

पिडा चहर्याउलान , घातले सिकाइदेलान ।।


कुन खुटकिलो अन्तिम भरोसा दिने हो के थाह, 

भत्किनेहरूले धैर्यताको तागत सिकाइदेलान ।।


हर कर्मको फल प्रष्फुटित हुुन्छ भन्छन नी !

लुटिएका पसिनाले तागत सिकाइदेलान ।।

No comments:

Post a Comment

छायाँको चोट

  विद्यालयको अन्तिम घण्टी बज्न बाँकी थियो। कक्षा आठको कोचिङ कक्षा भइरहेको थियो । बाहिर गएका केटाहरु हल्ला गर्दै कक्षामा...