Friday, August 26, 2022

बा

 आफू खिइएर पनि काँध थापि दिने 

प्राण दिएर पनि काँध थापि दिने ।।


बा आकाश हुन  अप्ठ्यारोमा याद आउने 

आँसु पिएर पनि काँध थापि दिने।।


ज्यून सिकेको बाको संघर्षबाट हो 

पूरै रित्तिएर पनि काँध थापि दिने ।। 


देखिन्न होला सहजै, लाग्दैन होला पनि 

हर भार लिएर काँध थापि दिने।।

Tuesday, August 9, 2022

परिचय

 पत्नीको पति, बाआमाको छाेरा, छोराको बाउ पनि हुँ । 

म आसामी हुँ प्रभुको  र देहको साहु पनि हुँ  ।।


ठाउँले भूमिका दिन्छ, सत्य ‍‌ओकल्दैन केहि 

जे दियो स्विकार गर्छन र म हुँ भन्छन त्यहि ।। 


म यात्री हुँ यात्रामा छु विश्राम सँगै गरौंला कहिँ 

पाइला डगमगाए सम्हाल्नुहाेला साथैमा रहि ।। 


धुलो म यो धरतीको वायुले बाँचिरहेको 

ज्ञात नभएको आयू र उदेश्य व्यर्थै नाचिरहेको ।। 


भारी बोकेर अरुकै पाइलाहरु पछ्याउदै 

आएको छु जनबीच बहलाउदै बहलाउदै ।। 


म के हुँ कसरी बताउनु बोल्छ कागज र स‌ंख्या मात्र 

जानेकै छैन अहिले स्वरुप के बताउँ म यथार्थ  ।। 


नचिनी स्व स्वरुप के हो कसरी बताउँ म 

कता चिमोठौं कहाँ टेको टेकौं, के समाउँ म ।। 


भूमिका म हुँ भने यो त बदली रहन्छ 

सोधौं यो शरिरलाई भने यो वाचाल कसरी बन्छ ।। 

Monday, August 8, 2022

मेरो घर

 


               

 

                          भीम प्रज्वल 

यहाँ जन्मे हुर्केँ यहि ठूलो भएँ

जहाँ गए पनि नेपाली नै रहेँ ।।

कहाँ डुलुँ अहो! के के खोजेर रमाउँ

यहिँको गन्धमा रमुँ यहिँ बिलाउँ ।।

 

लोकले भन्छ तिमी बदल यो ठाउँ

यो प्यारो धरति बदलेर भन कहाँ जाउँ ?

यो माटोको सुगन्ध असाध्यै मन पर्छ

शितका हर थोपाले मलाई अमृत छर्छ ।।

 

हर गरामा पसिना बगेको

बाला बालामा जीवन फुलेको

जीवन बुटि मेरा पातहरु कति कति

यतै रमुँ यतै बिलाउँ यो ज्यान रहे जति ।।

 

हावाको झोक्काले हल्लाई रहन्छ

चाहे जति लैजाउ र उड यो भन्छ ।

चम्केका दन्तलहरबाट उडेका जीवनहरु

सधैं लोभ्याइरहन्छन भन कसो गरुँ ।।

 

मलाई मेरै पन प्यारो लाग्छ

जागृत या तन्द्रा पसिना नै माग्छ ।

जति बाँचु यहिँ पसिना खन्याउँ

म यसको सधैं र यो मेरो भन्न पाउँ ।।

 

Ban on Rationality

My eyes are but of flesh,   no doorway to wisdom   is granted me.   Yet tell me—   though branded unreasoning,   I can still press forward, ...