Friday, August 26, 2022

बा

 आफू खिइएर पनि काँध थापि दिने 

प्राण दिएर पनि काँध थापि दिने ।।


बा आकाश हुन  अप्ठ्यारोमा याद आउने 

आँसु पिएर पनि काँध थापि दिने।।


ज्यून सिकेको बाको संघर्षबाट हो 

पूरै रित्तिएर पनि काँध थापि दिने ।। 


देखिन्न होला सहजै, लाग्दैन होला पनि 

हर भार लिएर काँध थापि दिने।।

No comments:

Post a Comment

आत्मस्वीकृति

  सघन उपचार कक्षको ढोका बाहिर बस्दा उन्नती को मनमा अनगिन्ती प्रश्नहरू घुमिरहेका थिए। भित्र रकुल,   उनको श्रीमान बेहोसीमा छट...