Monday, August 8, 2022

मेरो घर

 


               

 

                          भीम प्रज्वल 

यहाँ जन्मे हुर्केँ यहि ठूलो भएँ

जहाँ गए पनि नेपाली नै रहेँ ।।

कहाँ डुलुँ अहो! के के खोजेर रमाउँ

यहिँको गन्धमा रमुँ यहिँ बिलाउँ ।।

 

लोकले भन्छ तिमी बदल यो ठाउँ

यो प्यारो धरति बदलेर भन कहाँ जाउँ ?

यो माटोको सुगन्ध असाध्यै मन पर्छ

शितका हर थोपाले मलाई अमृत छर्छ ।।

 

हर गरामा पसिना बगेको

बाला बालामा जीवन फुलेको

जीवन बुटि मेरा पातहरु कति कति

यतै रमुँ यतै बिलाउँ यो ज्यान रहे जति ।।

 

हावाको झोक्काले हल्लाई रहन्छ

चाहे जति लैजाउ र उड यो भन्छ ।

चम्केका दन्तलहरबाट उडेका जीवनहरु

सधैं लोभ्याइरहन्छन भन कसो गरुँ ।।

 

मलाई मेरै पन प्यारो लाग्छ

जागृत या तन्द्रा पसिना नै माग्छ ।

जति बाँचु यहिँ पसिना खन्याउँ

म यसको सधैं र यो मेरो भन्न पाउँ ।।

 

No comments:

Post a Comment

सरुवा

  बारा जिल्लाको एक सानो गाउँ बर्छापुर्वामा बिहानको घाम झुल्किँदै थियो। खेतमा हलो जोत्दै गरेका किसान , चुल्होमा चिया उमाल्दै ...