Monday, August 8, 2022

मेरो घर

 


               

 

                          – भीम प्रज्वल 

यहाँ जन्मे हुर्केँ यहि ठूलो भएँ म

जहाँ गए पनि नेपाली नै रहेँ म ।।

कहाँ डुलुँ अहो! के के खोजेर रमाउँ

यहिँको गन्धमा रमुँ यहिँ म बिलाउँ ।।

 

लोकले भन्छ तिमी बदल यो ठाउँ

यो प्यारो धरति बदलेर भन कहाँ जाउँ ?

यो माटोको सुगन्ध असाध्यै मन पर्छ

शितका हर थोपाले मलाई अमृत छर्छ ।।

 

हर गरामा पसिना बगेको छ

बाला बालामा जीवन फुलेको छ ।

जीवन बुटि मेरा पातहरु कति कति

यतै रमुँ म यतै बिलाउँ यो ज्यान रहे जति ।।

 

हावाको झोक्काले हल्लाई रहन्छ

चाहे जति लैजाउ र उड यो भन्छ ।

चम्केका दन्तलहरबाट उडेका जीवनहरु

सधैं लोभ्याइरहन्छन भन कसो गरुँ ।।

 

मलाई मेरै पन प्यारो लाग्छ

जागृत या तन्द्रा पसिना नै माग्छ ।

जति बाँचु यहिँ पसिना खन्याउँ

म यसको सधैं र यो मेरो भन्न पाउँ ।।

 

No comments:

Post a Comment

गजल

अरुले नै तिमी को हौ भनिदिनु पर्ने । खै अझै पनि कहाँ छौ भनिदिनु पर्ने । अस्तित्वको खोजमा लम्कने चाहना हो  जागृति भएन उठ लौ भनिदिनु पर्ने । मो...