Tuesday, August 9, 2022

परिचय

 पत्नीको पति, बाआमाको छाेरा, छोराको बाउ पनि हुँ । 

म आसामी हुँ प्रभुको  र देहको साहु पनि हुँ  ।।


ठाउँले भूमिका दिन्छ, सत्य ‍‌ओकल्दैन केहि 

जे दियो स्विकार गर्छन र म हुँ भन्छन त्यहि ।। 


म यात्री हुँ यात्रामा छु विश्राम सँगै गरौंला कहिँ 

पाइला डगमगाए सम्हाल्नुहाेला साथैमा रहि ।। 


धुलो म यो धरतीको वायुले बाँचिरहेको 

ज्ञात नभएको आयू र उदेश्य व्यर्थै नाचिरहेको ।। 


भारी बोकेर अरुकै पाइलाहरु पछ्याउदै 

आएको छु जनबीच बहलाउदै बहलाउदै ।। 


म के हुँ कसरी बताउनु बोल्छ कागज र स‌ंख्या मात्र 

जानेकै छैन अहिले स्वरुप के बताउँ म यथार्थ  ।। 


नचिनी स्व स्वरुप के हो कसरी बताउँ म 

कता चिमोठौं कहाँ टेको टेकौं, के समाउँ म ।। 


भूमिका म हुँ भने यो त बदली रहन्छ 

सोधौं यो शरिरलाई भने यो वाचाल कसरी बन्छ ।। 

No comments:

Post a Comment

बिद्रोह

मार्क्सका ठेली मुन्तिर  इमाइल दुर्खिम अनि  इ. वि. टाइलरको  संरचनामा  नअटेपछि मेरो परिवेश  कसरी अटौंला र म  महोदय ?  ॐ मणि पद्मे हुँ -  शिरमा...