Friday, December 22, 2023

गजल

 बालापन बिगार्छौ जवानी बिगारीरहन्छौ ।

कसरी धान्छौ ? त्यो जीन्दगानी बिगारिरहन्छौ ।।


कति टिकाउछ कृतिम स्वासले हेरौं पर्खौं 

पात्र विगार्छौ फेरी कहानी बिगारिरहन्छौ ।।


हात फैलाउन अनौठो नलाग्ने कर्ममा खै 

कर्म बिगार्छौ कस्को आम्दानी बिगारिरहन्छौ ।।

दाहिना

 बा 

यो दाहिने हुनु

के मानु ? 

छोरो ! 

सकिए पछि 

कर्मवीरको पौरख 

विनास भएको क्षमता

उम्रिदै सुकेका प्रतिभा

थलिएका विचारको डोब

ज्युने आधार सकिन थाले पछि

त्यान्द्रोले पार लगाउछ ।

विस्वासमा परिवेश नटिकेपछि

दाउमा लगाएर स्वाभिमान

जिउने संघर्षको

नाममा चढाउनु एक यात्रा।

बा 

म दाहिनाको संगत गरुँ ? 

धिक्कार ! 

पौरखीको पौरखमा शक्ति

रहुन्जेल 

बाबु 

तिमी

कोसौं टाढा बस ।

Thursday, December 21, 2023

परिवर्तन

 घरमाथि को

हनुमान देखेर 

साथिले भन्यो

यति रुढिग्रस्त ?

प्रगतिशील बन्नुहोस् ।

उत्प्रेरणाको पाठ सिकाउन 

झिंजा बटुलेर 

ताली ठटाउने 

आहा! 

जो भक्तिमा लिन भएर पनि

सत असतको चाल पाउछ 

एक प्रेरणा पुन्ज 

सिध्द 

छोडेर

कसरी म अरुको

विस्वास अगालु 

अन्धो 

क्रान्ति वीर बन्न ।

Tuesday, December 19, 2023

सिद्धान्त

 दुलही भित्र्यायो

ससुराले सोध्यो,

"बुहारी तिम्रो विचार के हो ? "

बुबा 

मैले विचारमा परिवर्तन ल्याए पछि हो 

यो नाता जोडिएको।

म मेरै विचारमा अडिग भएको भए -

नहुन सक्थ्यो उदय

अर्को परिवेशमा।।


दाँतमा ढुङ्गा बजारिदै

उदेश्यको अपुरो यात्रा 

छटपटी - निधारमा मोति टुसाएपछि 

नयाँ स्वरुपमा देखिन थाल्यो

यो माने थिएन 

जवाफको पनि 

कहाँ उहि माने हो र 

केलाउन नपाए पछि 

मिसाइदिए भयो 

जे मा पनि ।


सिद्धान्त खोजेको 

ससुराको सवालमा 

जवाफ 

कृतिम बौध्दिकतामा 

पस्किन थालेपछि 

आत्तिदै आएको हो 

बाढी।

कृपया बाटो दिनुहोस्

सुरक्षाको लागि ।


कार्यव्यवस्था

रिती 

परिवेश 

व्यवहारका

शुक्ष्म कसिहरुमा 

बिहान नभए पनि

सिद्धान्तका कोसेली बोकेको

परिवेशमा बाँच्नु छ  ््््््््््

परिक्षण गरिदा गरिदै ।


गुट बनाउनुपर्छ

ससुराको जवाफ

कसरी नकार्नु 

हो बनाउनु पर्छ - आँखा चिम्लिन सक्ने

इन्द्रिय उल्टाउन सक्ने 

अस्तित्व मेटन सक्ने 

तथ्य मोडन सक्ने

ब्रह्म छोडन सक्ने

भातृत्व तोडन सक्ने 

अरु यस्तै यस्तै।


केन्द्र सहकेन्द्र उपकेन्द्र

विलिन भएका अस्थिर अस्थिहरु

पराधिनताका स्व तन्त्र

रंगिन दुनियाँका 

अनेकौं रङ्ग

छाया मायाका प्रतिछायाँ

ज्यावलका थुम

एकताका विद्रोह

सिप झिकेका पेशेवर

विलय हुने पञ्चतत्व प्रेमी

यायु सकिएका 

अस्थि मक्किएका

सगोल 

एकल 

यस्तै कुनै

एकमा । 

कसरी अटाउनु बा

 म एक अबला ।


सासु, नन्द, देवर, जेठाजु जेठानी

साख्खै पतिदेव 

सबै पालैपालो गर्लान 

विचारका कुरा 

उद्देलित पार्नेगरी दुलहीको नक्सा 

जवाफ खोज्दाखोज्दै

सकिने पो हो कि 

एकमुठी स्वास ।


Monday, December 4, 2023

दुखाइ

 बन्चरो प्रहारबाट

चाल्नो बनेको शरिरमा 

सियो घोपेर भन्छौ

यसको त 

दुखाइ नै हुन्न ।

भोक मुर्दाबाद

 तिमीलाई

भोक लागोस

म सोच्छु ।

तिम्रो वेपर्वाह कार्य व्यापारमा

आफूलाई उभ्याउन खोज्दा 

अहो ! 

वारपार गरेको जंघार

सामुन्ने उभिन्छ

म शिर निहुरिएर

तिमीलाई सलाम गर्छु 

भोक मुर्दाबाद।

Ban on Rationality

My eyes are but of flesh,   no doorway to wisdom   is granted me.   Yet tell me—   though branded unreasoning,   I can still press forward, ...