Tuesday, December 19, 2023

सिद्धान्त

 दुलही भित्र्यायो

ससुराले सोध्यो,

"बुहारी तिम्रो विचार के हो ? "

बुबा 

मैले विचारमा परिवर्तन ल्याए पछि हो 

यो नाता जोडिएको।

म मेरै विचारमा अडिग भएको भए -

नहुन सक्थ्यो उदय

अर्को परिवेशमा।।


दाँतमा ढुङ्गा बजारिदै

उदेश्यको अपुरो यात्रा 

छटपटी - निधारमा मोति टुसाएपछि 

नयाँ स्वरुपमा देखिन थाल्यो

यो माने थिएन 

जवाफको पनि 

कहाँ उहि माने हो र 

केलाउन नपाए पछि 

मिसाइदिए भयो 

जे मा पनि ।


सिद्धान्त खोजेको 

ससुराको सवालमा 

जवाफ 

कृतिम बौध्दिकतामा 

पस्किन थालेपछि 

आत्तिदै आएको हो 

बाढी।

कृपया बाटो दिनुहोस्

सुरक्षाको लागि ।


कार्यव्यवस्था

रिती 

परिवेश 

व्यवहारका

शुक्ष्म कसिहरुमा 

बिहान नभए पनि

सिद्धान्तका कोसेली बोकेको

परिवेशमा बाँच्नु छ  ््््््््््

परिक्षण गरिदा गरिदै ।


गुट बनाउनुपर्छ

ससुराको जवाफ

कसरी नकार्नु 

हो बनाउनु पर्छ - आँखा चिम्लिन सक्ने

इन्द्रिय उल्टाउन सक्ने 

अस्तित्व मेटन सक्ने 

तथ्य मोडन सक्ने

ब्रह्म छोडन सक्ने

भातृत्व तोडन सक्ने 

अरु यस्तै यस्तै।


केन्द्र सहकेन्द्र उपकेन्द्र

विलिन भएका अस्थिर अस्थिहरु

पराधिनताका स्व तन्त्र

रंगिन दुनियाँका 

अनेकौं रङ्ग

छाया मायाका प्रतिछायाँ

ज्यावलका थुम

एकताका विद्रोह

सिप झिकेका पेशेवर

विलय हुने पञ्चतत्व प्रेमी

यायु सकिएका 

अस्थि मक्किएका

सगोल 

एकल 

यस्तै कुनै

एकमा । 

कसरी अटाउनु बा

 म एक अबला ।


सासु, नन्द, देवर, जेठाजु जेठानी

साख्खै पतिदेव 

सबै पालैपालो गर्लान 

विचारका कुरा 

उद्देलित पार्नेगरी दुलहीको नक्सा 

जवाफ खोज्दाखोज्दै

सकिने पो हो कि 

एकमुठी स्वास ।


No comments:

Post a Comment

Mother

  Tears soak the path I wait upon—shadowed by your grace,   May I remain a child forever, nourished by a mother’s embrace.   And with my fat...