कवयत्री चरित्रा शाह कथाकारका बनेर आउनु भएको छ तातेताते ल्याएर । कविताको छनक दिने निबन्धात्मक धारका शसक्त १६ कथाहरूमा कथाकारको प्रष्ट विचार देख्न सकिन्छ। पितृसत्ताको आलोचना र महिला शसक्तिकरण, बालमनोविज्ञान, बैदेशिक रोजगार र यसले समाजमा पारेको प्रभाव, सामाजिक यथार्थता, शिक्षा जस्ता विविध विषयलाइ थोरै पात्रको उपस्थितिमा सजिलो गरी पस्किनु भएको छ । अवधि भाषाको प्रयोग भएको कथाको अनुबाद राखेको भए, कथानक अलि बलियोगरी बुन्न सकेको भए अझ गजब बन्न जाने थियो । कथानकले त्यति नताने पनि वाक्य संगठन र निबन्धात्मक अभिव्यक्तिले कथा पढिरहन अभिप्रेरित गरिराख्छ । सजिलै संग छोटो समयमा पढन सकिने कथाहरूको बारेमा त बिस्तृत रूपमा नपढि हुदैन । एक पटक अवश्य पढनुहोस ।
No comments:
Post a Comment