ए! सप्तर्षी!
तिम्रो समुहमा हेर-
पहिलो लहरको अन्त्यमा
गद्विशिन महोदय ज्ञात विक्षिप्त हो ?
वा
बनाउनु पर्ने बामनी बज्यै !
त्यो चित्कार
स्वयम्बरमा निस्केन र ?
अहो! महोदय!
ज्ञात गरेर बोल्नुहोस
स्वीकार्नु छ सम्प्रभुता
भन्नुहोस
अब म कुन युगमा अवतरित होउँ?
जहाँ पनि उभिने छिद्रहरु छन्
सुन्न सक्छु, बामनी बज्यैहरु
उनीहरूका क्रन्दनहरु !
राजाको कामदण्ड
धारक स्त्री भएपछि
खन्याउनु पर्यो पूर्ण
थोपरेर असह्य भार
ज्ञानले शुसोभित
सुन्दा सुन्दैका हैकम
शक्ति न्यायले नाप्न सक्दैन
तराजु परिभ्रमणमा
तौलिदैननू कर्तुत
किन कि
ऊ - तिम्रो वर्ग भ्राता
ज्ञातले आँखा चिम्लिउन
अज्ञात! अज्ञानमै बसुन !
बुलन्द बनोस शंखनाद
बदल्न सक्ने रूपहरू अनेकौं ।
श्रापको माला बुनेर
पहिराउनु पर्ने उम्किएपछि
बनेको पहिलो प्रहर
निरन्तरता पाइरहेको छ
के यो जारी रहिरहन्छ?
No comments:
Post a Comment