Friday, March 25, 2016

जब पाेखरीमा पानी भरीहुन्छ माछाले कमिला खान्छन, जब पाेखरीमा पानी सुक्छ कमिलाले माछालाइ खान्छन


         गित
भीम प्रज्वल 

माटो पनि बोल्न था ल्छ  ढुंगा पनि बोल्छ
बेला आयो भने पछि हिउले पनि पोल्छ  ।

तर्की  हिंड  झर्कि हिंड मेरो धर्ति फाट्दा
पाइन लाउनु खुकुरीमा मेरै पन ले मलाई काट्दा

मुटु राखी अगेनोमा जिउने बाटो खोज भन्छौ
फासी लाउकी  गोलि ठोकु मन परेको रोज भन्छौ

विरहमा पिडा हुन्छ न्याउली पनि बोल्छ
हावा पानी  बादल हुरी मनको कुरा खोल्छ  ।

म जिउनु छ फूलहरुमा पाइला  पिच्छे  काडे  झारी
विचार झिक्न सक्ने छैनौ के पाउछौ र  तनलाई  मारी

सितले पोल्छ , जूनले पोल्छ म उमार्ने माटो पोल्छ
तिम्रो रोक्ने साहस  हुन्न बेला आए ब्रह्म खुल्छ  ।  

No comments:

Post a Comment

Mother

  Tears soak the path I wait upon—shadowed by your grace,   May I remain a child forever, nourished by a mother’s embrace.   And with my fat...