Monday, March 28, 2016

भडकाव


               
भीम प्रज्वल
                                  
हर लठाई
रहरको बोली 
म किन पछाडी फर्किरहेछु 
म  भुलिरहेको मेरो वर्तमान 
भुलाउन खोजेको भविष्य 
न फर्किन सक्छ अतित 
के म कल्पनामै कैद हो ?
देह चिमोठी ज्युदो सम्झिन्छ 
या तिम्रो बाटो पछ्याउ 
अह ! यो आपत्ति 
न कोपिलामा लहऱाउन सक्छु 
न पारिजात झैँ पाप  बोकाउछु 
स्वाभीमान - मौलिक 
आफ्नो परिवेशमा 
 भडकिएको म मान्छे झैँ 
एक मान्छे 
स्वास धानेर !

No comments:

Post a Comment

आत्मस्वीकृति

  सघन उपचार कक्षको ढोका बाहिर बस्दा उन्नती को मनमा अनगिन्ती प्रश्नहरू घुमिरहेका थिए। भित्र रकुल,   उनको श्रीमान बेहोसीमा छट...