Thursday, March 3, 2016

कहाँ बताउ बास

डुल्ने पवनको बास कहाँ बताउँl
अस्थिर मनको बास कहाँ बताउँll

धर्ती ओछ्याएर जो सुत्न सक्छ त्यो
विशाल गगनको बास कहाँ बताउँ ll

पाटि भत्काइदियो झुपडी जलायो
दुखी जीवनको बास कहाँ बताउँ ll

भुलाई दुनिया रंगिनमा रमाउछ
भौतिक धनको बास कहाँ बताउँ ll 

No comments:

Post a Comment

सरुवा

  बारा जिल्लाको एक सानो गाउँ बर्छापुर्वामा बिहानको घाम झुल्किँदै थियो। खेतमा हलो जोत्दै गरेका किसान , चुल्होमा चिया उमाल्दै ...