Thursday, March 3, 2016

कहाँ बताउ बास

डुल्ने पवनको बास कहाँ बताउँl
अस्थिर मनको बास कहाँ बताउँll

धर्ती ओछ्याएर जो सुत्न सक्छ त्यो
विशाल गगनको बास कहाँ बताउँ ll

पाटि भत्काइदियो झुपडी जलायो
दुखी जीवनको बास कहाँ बताउँ ll

भुलाई दुनिया रंगिनमा रमाउछ
भौतिक धनको बास कहाँ बताउँ ll 

No comments:

Post a Comment

आत्मस्वीकृति

  सघन उपचार कक्षको ढोका बाहिर बस्दा उन्नती को मनमा अनगिन्ती प्रश्नहरू घुमिरहेका थिए। भित्र रकुल,   उनको श्रीमान बेहोसीमा छट...