Thursday, November 10, 2016

केटाकेटीहरू लस्करै ह्याण्ड पम्मबाट पानी भर्नका लागि उभिएका छन । काेही सम्झाउदै छन स्माल फर्स्ट । शिक्षाले चेतना विस्तार गरेकाे हाे वा नित्य कर्मले बानी बसाएकाे हाे दाेधारमा रूमल्लिनु भन्दा बाल कृत्यमा कुतकुतिनुमा नै बुद्धिमताले ठाउं लिन्छ । हात हातमा रङका पुरियाहरू छन । काेहि हरिया वनस्पति जस्ता छन त काेहि राताम्य देखिएका छन । स्वच्छन्द प्रकृतिप्रेमीहरू हरियाली मन पराउन थालेका हुन या अग्रगामी क्रान्ति चाहनेहरू लाल भावमा प्रकट भएका हुन त्याे त तिनिहरूकै भविष्यले देखाउला जाे देख्ने सामार्थ्य रहिरहयाे भने । पालै पालो सबैले पिचकारीमा पानी भराैं है - एउटा अाैषतभन्दा सानाे बालकले बुद्धिमता देखायाे- सल्लाह या अनुग्रह ! व्यग्र अाँखाहरू बालकृत्य तिर र दिमाग विश्लेषणका पन्नाहरूकाे  दाैडमा भागदाैड गरीरह्याे । वसन्तका वहारले निर्जीव प्राय देखिने वनस्पतिमा प्राणकाे अङकुरण सुरू भएकाे छ यसकाे ज्वलन्त उदाहरण बालबालीकाहरू मेरै अगाडि खेलीरहेका छन ।
                     
                                           **
उनताका हातमा हँसिया र बाँसका झाङ खाेज्दै ठिक्क हुन्थ्याे । दुर्इ-चार दिन अघिबाट बाँसका ढुङ्ग्रामा हवार्इ चप्पलकाे ठेकनी बनाएर डटपेनका सकिएका खाेलहरूलार्इ जाेतेर पिचकारीकाे स्वरूप दिर्इ राताे माटाे वा कमेराे माटाे घाेलेर हाेस वा गुराँसका फूलहरूकाे कत्लेअाम गरेर जम्मा पारेकाे झाेल गाैंडा कुरेका घटनाहरू ताजा भएर फहराइ रहेका छन । सिँयालीकाे झाङबाट बाटोमा हिँडने जाे सुकै किन नहाेस केहि न केहिले भिज्न विवश हुन्थ्याे । अाँखा फर्काउदा दश गरा पर टाप - खुसीले बुर्कुसी मार्थ्यो मानाैं सबै सिमानाहरू ध्वस्त भएका छन ।
लगातारकाे दाैडधुपसँगै हिलाे माटाेले भिजेकाे शरिर लिएर खाेलामा पाैडिदाकाे अानन्दलार्इ बालकृत्यले व्युझाइदिएकाे छ । अामाले दुर्इ घण्टा टाढाकाे बाटाे हिडेर ल्याएकाे पानीमा कमेराे घाेलेर राखेकाे देख्दा अामाले लखेटी भाग्दै गर्दाका बखत सिस्नाेकाे झाङमा हामफाल्दा भएकाे जलन अहिले शरिरमा महसुस भएन । दिनभरकाे दाैडधुप र भागाभागमा भाेकले कसरी च्याप्थ्याे त्याे त वर्णननमा भारी भएर अाउँछ जाे अचेल सदाबहार उभिएकाे छ दैलाेमा । सिमलका फूलहरू यति स्वादिष्ट लाग्थे कि , अहिले त्यसकाे तुलना गर्ने चिजकाे अभाव महसुस हुदैछ साथमा अहिले पनि तिनैकाे झल्काे र अभावकाे महसुस बारम्बार हुन्छ ।

                                         **

ठूलाे एउटा समुह छ । अाठ - दश जना यूवाहरूकाे भिडमा रमाइलाे हुदै छ अझ बेहाेसीपन भने अधिक छ । सबैका अनुहार नचिनिने गरी लिपपाेत गरिएका छन । मुकुण्डाेधारी मान्छेहरूमा अब बाक्लै मुकुण्डाेकाे उपस्थितिकाे परिस्थितिले लैजाने माेडकाे पक्का पक्की सबैले गरेका छन । रस, रंग , उमंगमा बिध्वंशता - अहाे ! भयाबह डरलाग्दाे पनि रमाइलाेकाे अायाम हुदाेरहेछ । मान्छे हर कुरालार्इ अाफ्नाे अनुकुल प्रयाेग र व्याख्या त गर्दै अाइरहेकाे छ । कसैले कसैकाे फिक्रि नगरी अाफु खुसी अाफ्नै रमाइलाेमा रमाउने एक्लाे निरस रमाइलाे पनि स्वप्न भएकाे छ ।
   खाेलामा दिउसाे घाम र शरिरमा लगाइएकाे सतही रङ , धुलाे माटाे , कमेराे पखाल्न र माछाकाे अाँखामा मुकुण्डाे लगाउन उद्दत जमात पनि अाँखामा रमिता बनेर अाइदिन्छ । वसन्तलेे नविनता थपिदिएकै हुन्छ र त चिन्तनमा नविनता थपेर रमाउने बाटाे देखाइदिएकाे छ । इरू बालुवासँग कुटाकुट पारेर बन्द पानीकाे डम्ममा मिलाउदा माछाहरूमा अश्रुग्यासकाे असर झैं अाँखामा मुमुण्डाे लागेर मृत्युकाे प्रवाह नगरी बाहिर निस्किएझै बालुवा र सिसाकाे मिश्रणयुक्त रंगकाे मुकुण्डाेमा हाेस गुमाएकाे जमात उन्मक्त भएर भाैतारीएकाे पनि रमाइलाेकै लागि हाे .............. ।
     रमाउने बिभिन्न बाहनाहरू चाहिन्छन । रमाउन खुसी हुनु पर्दैन , दुःखमै रमाउने संस्कारकाे थालनी भइसकेपछि । भाेकाहरूकाे भाेक मेटिदा, अभावमा बाँचेकाहरूकाे अभाव पूर्ति हुदा , निभेका अाशाका दियाेहरूमा स्वासकाे तेल थपिदा खुसीहरू त थपि नै रहन्छन । तिनै खुसीहरू रमाइला क्षण बन्छन र रमाउन पनि रहर लाग्छ । रहरहरूलार्इ ज्यूँदै निमाेठेर बाँच्नेहरूकाे हविगत ? प्रश्न क कसका लागि अायाे अाफैलार्इ अाश्चर्य लाग्छ ।
  खेतका अालीहरूकाे माटाे अँगालाे भरी बाेकेर शासकका लागि ज्यूनेहरू सिमलका फूलले भाेक मेटाउदा, काेट्याइले पेट भर्दा अानन्दित भएर उफ्रन सक्छन निष्फिक्रि । झुम्राकाे भकुण्डाेमा समुह खेल एकाग्रतालार्इ भङ्ग गरार्इदिने साधन बन्छ । अग्ला ढुङ्गाका चुचुराहरू छिचाेल्नु सगरमाथा चढेझैं अानन्ददायक हुन्छ । अनि घरमा फर्किदा पाउने बा-अामाकाे मायाकाे गालिले अात्मग्लानी बनाउछ- विद्ध्यानास भाेलिबाट त मरे निस्कन्न ....................

क्रमश......

No comments:

Post a Comment

Ban on Rationality

My eyes are but of flesh,   no doorway to wisdom   is granted me.   Yet tell me—   though branded unreasoning,   I can still press forward, ...