Thursday, November 24, 2016

फाली



                                     - भीमप्रज्वल
धुजा धुजा भएकाे पुस्ता
अ-अस्तित्वकाे उदभव
अाफ्नाे अाकार अवसानसंग
बिझाइरहेकाे - जाग्ने प्रण पनि तुहिने 
फगत एक फाली 
अाफ्नाे याैवन सिध्याएर 
धन्य भएकाे छ
पर तृप्तीमा
स्वयमदुतसंग ।

अारनमा खिरिएर
बन्जर भूमि फसलमा फैसला गराउने
रक्तसिंचनले बिज उमारी
भाेक मेटाउन
अाफै मेटिएकाे संसार
उसकाे पुस्ता
अस्तिवत्व ,
हलानाेले याद दिलायाे 
के उसमा अाफ्नै चेतना छ ?
सक्छाै पुग्न सङलाे मुहान
अहँ
असम्भव पारिएकाे छ 
अाफ्नै रक्तपसिनाले 
निलेकाे बर्बरता
एक्लै सवार गर्नु बाहेक 
अावाज पनि लिन नमिल्ने 
नियति बाेकेकाे 
के खाेज्नु र ?
धुमिल इतिहास ?

अन्धकारमा बिलिन
माटाेकाे गन्धसंग 
पानीकाे प्रवाहमा
अास्थामा लपेटिएकाे छ 
एक अंग बनेर 
संस्कार 
अवचेतनले धपक्क बालेर बसेकाे छ 
जुन अमृत ठानेर पिलाइएकाे थियाे ।

हलाेसंग नाता जाेडेर 
हलानाेसंग कार्यएकता
न्यायाेसंग न्याय खाेज्न 
अाेगाेसंग अघि बढने 
प्रणमा पुगेकाे 
हराएकाे अस्तित्व फिर्ता ल्याउन 
उद्दत भएकाे छ 
एक फाली ।

No comments:

Post a Comment

बिद्रोह

मार्क्सका ठेली मुन्तिर  इमाइल दुर्खिम अनि  इ. वि. टाइलरको  संरचनामा  नअटेपछि मेरो परिवेश  कसरी अटौंला र म  महोदय ?  ॐ मणि पद्मे हुँ -  शिरमा...