Wednesday, November 30, 2016

जीन्दगीकाे मूल्य



साेधिदिन्छाै जवानीकाे मूल्य साेधिदिन्छाै ।
घर जलाएर खरानीकाे मूल्य साेधिदिन्छाै ।।

दुबै हत्केलामा ठेला बाेकि हिडेकाे हिड्यै छ
तिमी भने जीन्दगीकाे मूल्य साेधिदिन्छाै ।।

कुन साेचमा तैरीन के समेटन खाेज्याै कुन्नी
अनवरत बगीरा छ नदीकाे मूल्य साेधिदिन्छाै ।।

म अाफ्नै ठानेर साथमा काँध थाप्न अाएँ
विस्वास लागेन पैरवीकाे मूल्य साेधिदिन्छाै ।।

No comments:

Post a Comment

गजल

अरुले नै तिमी को हौ भनिदिनु पर्ने । खै अझै पनि कहाँ छौ भनिदिनु पर्ने । अस्तित्वको खोजमा लम्कने चाहना हो  जागृति भएन उठ लौ भनिदिनु पर्ने । मो...